पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ आमसाल विजयी ।

१ फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी शुरु भएको पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ आमसालले वडा नम्बर ९ हडियालाई सडेन डेथमा पराजित गरेको छ । निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राईबेक्ररमा पुगेको थियो । तर ट्राईबेक्ररमा पनि ४–४ गोलको बराबरी भएपछि खेलको नतिजा सडेन डेथको माध्यमबाट निर्धारण गरिएको थियो । जसमा वडा नम्बर ३ आमसालले २–१ को नतिजा निकाल्दै विजयी भएको हो । यसअघि वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा भएको खेलको आमसालका रोहन राईले खेलको ५ औ मिनेटमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप १ले पछि परेको हडियाले दोश्रो हापमा पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो । हडियाका लागि जर्सी नम्बर २४ का निखिल चौधरीले गोल गर्दै बराबरी गरेका थिए । यस्तै खेलको ५९ औं मिनेटमा आमसालका लागि राहेन राईले पुनः ब्यक्तिगत दोश्रो गोल गर्दै टिमको अग्रता २–१ पुर्याएका थिए । तर खेलको ७२ औं मिनेटमा हडियाका लागि जर्सी नम्बर ७ का निलम राईले गोल गदै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित ८० भित्र दुबैतर्फबाट थप गोल हुन सकेन र खेल ट्राईबेक्ररमा पुगेको थियो । दुवैतर्फबाट ५–५ जना खेलाडीले पोस्टमा प्रहार गरेकोमा दुबै टिमका ४–४ जनाले मात्र गोल गर्न सफल भएका थिए । त्यसपछि खेलको नतिजा सडेन डेथको आधारमा निर्धारण गरिएको थियो । जसमा वडा नम्बर ३ आमसालका २ जना र हडियाका १ जनाले गोल गरेका थिए । समग्रमा आज भएको उद्घाटन खेल वडा नम्बर ३ आमसालले ६–५ गोल अन्तरले जित्दै विजयी सुरुवात गरेको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् । आजको खेलको म्यान अफ दि म्याच वडा नम्बर ३ का रोहन राई घोषित भएका थिए । उनलाई वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले नगद १ हजार रुपैयाँ र मेडल प्रदान गरेका थिए । यसअघि प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख कालुमान लामाले नागरिकलाई स्वस्थ्य गतिबिधीमा संलग्न गराउन नगरपालिकाले खेलकुद प्रतियोगिता गर्नुपर्ने आबस्यकता पनि रहेको बताउदै खेलाडीहरुको बृत्तीविकासका लागि नगरपालिकाले जिल्ल र प्रदेश स्तरीय प्रतियोगिताहरुको पनि आयोजना गरिरहेको जानकारी दिएका छन् । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले स्थानीय सरकार गठनपछि नगरमा धेरै कामहरु भएको भएता पनि हाम्रो आबश्यक्ता र आकांक्षा धेरै भएकोले नागरिकमा असन्तुष्टी रहेको बताउदै खेलकुदको क्षेत्रमा आफ्नो पालादेखी नै नगरपालिकाले यथेष्ट लगानी गरिरहेको बताउदै अहिलेको सरकारले पनि यसलाई निरन्तरता दिएको बताएका थिए । प्रतियोगितामा नगरको १० मध्ये वडा नम्बर १ बाहेक ९ वटा वडाको टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र तथा उपबिजेता टिमले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक चौदण्डीगढी नगर खेलकुद विकास समितिका सदस्य सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।