चौदण्डीगढी नगरपालिकाद्वारा बेरोजगार ब्यक्तिहरुलाई सुचिकृत हुनका लागि आग्रह ।

१ फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आजदेखी बेरोजगार ब्यक्तिहरुलाई सुचिकृत हुनका लागि आग्रह गरेको छ । नगरपालिकाले हिजो एक सुचना जारी गर्दै रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ को दफा १८ बमोजिम आर्थिक बर्ष २०८१÷८२ मा चौदण्डीगढी नगरपालिका मातहत रहेको सेवा रोजगार केन्द्रको समन्वयमा प्रदान गरिने न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास तथा मर्मतका काममा योगदान गर्न ईच्छुक १८ बर्षदेखी ५९ बर्षसम्मका मापदण्ड पुगेका बेरोजगार ब्यक्तिहरुलाई २०८० साल फागुन १ गतेदेखी फागुन मसान्तभित्र आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा सुचिकृत हुन आग्रह गरेको छ ।

निवेदनको ढाँचा, अनुसुची –१ फारम नगरपालिकाको वेबसाईट www.chaudandigadhimun.gov.np  तथा प्रत्येक वडा कार्यालयबाट प्राप्त गर्न सकिने जनाउदै विस्तृत जानकारीका लागि नगरपालिकाको रोजगार सेवाकेन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ । यस्तै वेरोजगार ब्यक्ति सुचिकृत हुनका लागि ब्यक्तिको बार्षिक आय ५७ हजार ७ सय रुपैयाँभन्दा कम आय हुनुपर्ने, स्वरोजगारीमा संलग्न नभएको , कृषी उत्पादन तथा ज्याला मजदुरीले ३ महिनासम्म खान नपुग्ने परिवारको सदस्य भएको तथा भुमिहिन तथा सुकुम्बासी, अल्पसंख्यक समुदाय, लोपोन्मुख जनजाती , सिमान्तकृत बर्ग , एकल महिला, शहिद परिवार तथा वेपता परिवारको सदस्य भएको , अपाङ्गता भएको परिवारको सदस्य भएको हुनुपर्ने आबश्यक मापदण्ड तथा प्राथमिकता तोकिएको छ ।