चौदण्डीगढीमा छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगिता शुरु / वडा नम्बर ३ को विजयी सुरुवात ।
०७ माघ २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैटौं संस्करणको “मेयर कप फुटबल प्रतियोगिता आजदेखी शुरु भएको छ । चौदण्डीगढी नगरपालिकाको संयोजन तथा नगर खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ६ सिर्वानीस्थित कालिका माविको खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर ९ लाई टाइब्रेकरमा पराजित गर्दै वडा नम्बर ३ ले विजयी सुरुवात गरेको छ । निर्धारित समयको खेल एकएक गोलको बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो । जसमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई ४–३ गोल अन्तरले पराजित गरेको हो । यसअघि भएको खेलको पहिलो हाफ्को तेस्रो मिनेटमा वडा नम्बर ९ का सुशन पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको १६ औं मिनेटमा वडा नम्बर ३ का तर्फबाट नितन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको पहिलो आफ् १–१ को बराबरी भएकोमा खेलको दोश्रो हाफ्मा दुबैतर्फबाट ...









