सप्तरीको बलार्दहमा सम्पन्न वडा अध्यक्षकप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि सप्तकोसी नगरपालिकालाई ।

१९आसार २०८१, खगेन्द्र कार्की,सप्तकोसी

सप्तरीको सप्तकोसी नगरपालिकाका वडा न ४ बलार्दहमा संचालित प्रथम वडा अध्यक्षकप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा सप्तरीको डाक्नेस्वरि नगरपालिकालाइ हराउँदै सप्तकोसी नगरपालिकाले उपाधि जितेको छ। सप्तकोसी नगरपालिका वडा न ४ को आर्थिक सहयोगमा खेलकुद बिकास समिति सप्तकोसी नगरपालिकाद्वारा आयोजित प्रथम वडा अध्यक्षकप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको हिजो भएको फाइनल खेलमा डाक्नेस्वरि नगरपालिका लाइ २७–२५,१९–२५,२५–१६,२३–२५ र १७–१५ को सेट अन्तरले पराजित गर्दै सप्तकोसी नगरपालिका प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगिताको म्यान अफ त म्याच सप्तकोसी नगरपालिका खेलाडी दिपेन राउत घोषित भएका थिए ।

नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाका अनुसार सप्तरी जिल्लाका सप्तकोसी नगरपालिकाका,डाक्नेस्वरि नगरपालिका,सुरुङा नगरपालिका ए र बि ,छिन्नमस्त गाउपालिका, खडक नगरपालिका, रुपनि गाउँपालिका र बिष्णुपुर गाउपालिका गरि ८ पालिकाले सहभागिता जनाएको प्रतियोगिताको बिजेता र उप बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल , सप्तकोसी नगरपालिका वडा न ४ का वडा अध्यक्ष जयराम खङ , वडा न ४ का जेष्ठ नागरिक तथा समाजसेबि मुरारी कार्की लगायतले संयुक्तरुपमा नगद पुरस्कार क्रमशः ३३ हजार ३ सय ३३ रुपैयाँ , त्यस्तै १५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।