चौदण्डीगढी नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा ।

१९आसार २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा भएको घोषणा कार्यक्रममा चौदण्डीगढी नगरपालिकाकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । घरधुरी सर्वेक्षणमा आधारमा नगरका ५ बर्षभन्दा मुनीको बालबालिकालाई सबै प्रकारको खोप लगाइ सकिएको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख श्रीकान्त चौधरीले जानकारी दिएका छन् । यस बर्ष १५ महिनासम्मको ८६२ जना बालबालिकालाई सबै प्रकारको खोप प्रदान गरिसकिएको त्यस्तै १६ देखी ५९ महिनासम्मको २१ सय ८२ जना बालबालिकालाई पुर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाई छ । स्थानीय तह र सरोकारवालाहको अपन्तव र सहभागितामा नियमित खोपको सुदृढीकरण एवं स्थानीय स्रोतको अधिकतम परिचालन गरी सबै बालबालिकाहरुलाई राष्ट्रिय खेप तालिकाअनुसारका खोपहरु उपलब्ध गराई खोपबाट बचाउन सकिने रोगको रोग लाग्ने दर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याउनु कार्यक्रमको लक्ष्य रहेको चौधरीले बताएका छन् ।

बालबालिकाहरुलाई खोप प्रदान गर्नका लागि स्वास्थ्य शाखाले आधारभुत नगर अस्पताल, ५ वटा स्वास्थ्य चौकी, ५ वटा आधारभुत स्वास्थ्य चौकी, ३२ वटा खोप केन्द्र र ५४ जना महिला स्वास्थ्य स्वंम सेविका परिचालन गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले निर्धारित समयभित्रै खोप लगाउन पाउने सुनिश्चिता गर्नुपर्ने बताउदै महिलाको गर्भवती अबस्थादेखीकै डाटा रेकर्ड राखेर कार्य गर्दा बच्चा जन्मेदेखी नै लगाउनुपर्ने सबै प्रकारका खोपहरु बच्चालाई लगाउन सकिने र त्यसले पुर्ण खोप सुनिश्चिता कार्यक्रमलाई सघाउने धारणा राखेका थिए ।

स्वास्थ्य कार्यालय गाईघाटका कोल्ड चेन निरिक्षक नरेश प्रसाद श्रीबास्तवका अनुसार बिसिजी, टिपीटी, पोलियो, रोटा, पिसिभी, एफआईपिभी, जेई, दादुरा, रुवेला, टाईफाईड लगायत १३ प्रकारका खोप लगाईसकेपछि पुर्ण खोप भन्ने गरिन्छ । कार्यक्रममा पुर्ण खोप नगरपालिका सुनिश्चिता गर्ने कार्यक्रमलाई सहयोग गर्ने स्वास्थ्य केन्द्र, स्वंमसेविका र वडा कार्यालयलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरी, बिभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी, कर्मचारी लगायतले प्रत्येक बर्ष पुर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणाको लागि कार्यक्रम आयोजना गरी निरन्तरता दिने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।