लाइभ खबर

यहि पुस ९ गतेदेखी चौदण्डीगढी नगरपालिकामा मोतिबिन्दु छनौट आँखा शिविर संचालन हुने ।

यहि पुस ९ गतेदेखी चौदण्डीगढी नगरपालिकामा मोतिबिन्दु छनौट आँखा शिविर संचालन हुने ।

लाइभ खबर, स्थानीय
तिलगंगा आखाँ अस्पताल काठमाडौ र चौदण्डीगढी नगरपालिकाको आयोजनामा यहि पुस ९ गते शनिवारदेखी एक हप्तासम्म नगरको बिभिन्न स्वास्थ्य केन्द्रमा मोतिबिन्दु छनौट आँखा शिविर संचालन हुने भएको छ । आँखामा मोतिबिन्दु देखिएका विरामीहरुलाई बिशेषज्ञ डाक्टरहरुको टोलीले बेल्टार बजारस्थित कोभिड अस्पतालमा निशुल्क मोति बिन्दुको अपरेशन गरिने चौदण्डीगढी नगरपालिकाका कार्यबाहक वडा अध्यक्ष लुंगाराज राईले जानकारी दिएका छन् । राईले पुस ९ गते स्वास्थ्य चौकी चौदण्डी, पुस १० गते स्वास्थ्य चौकी बसहा, पुष ११ गते स्वास्थ्य चौकी सिद्धिपुर , पुष १२ गते स्वास्थ्य चौकी हडिया, पुष १३ गते स्वास्थ्य चौकी सुन्दरपुर र पुष १४ गते नगर अस्पताल बेल्टारमा शिविर संचालन हुने कार्यक्रम रहेको बताएका छन् । यस्तै यहि पुस १५ र १६ गते कोभिड अस्पताल बेल्टारमा मोति बिन्दुको निशुल्क अपरेशन गरिने राईले बताएका छन् ।...
चौदण्डीगढी नगरपालिकाका राजनीतिक सल्लाहकार समितिका संयोजक शम्भु पौडेलद्वारा राजीनामा ।

चौदण्डीगढी नगरपालिकाका राजनीतिक सल्लाहकार समितिका संयोजक शम्भु पौडेलद्वारा राजीनामा ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाका राजनीतिक सल्लाहकार समितिका संयोजक शम्भु पौडेलले राजीनामा दिएका छन् । राजीनामा पत्रमा संयोजक पौडेलले राजनीतिक सल्लाहकार समितिको मर्यादालाई ख्याल नगरी नगरपालिकाका बिकास निमार्ण लगायत अन्य निर्णयहरु गर्दा कुनै सल्लाह नगर्ने र आफु अनुकुल निर्णय कार्यान्वयन गराउने प्रवृती देखिएको जनाउदै जिम्मेवारी बहन गर्न नसक्ने भएकाले स्वेच्छाले राजीनामा पेश गरेको जनाएका छन् । तर चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले नगरपालिकाको वोर्ड बैठकले नयाँ जनप्रतिनीधिहरु निर्वाचित भएर आएपछि जनप्रतिनीधिहरुलाई सघाउनका लागि बिभिन्न समितिहरु गठन गरिएको तर राजनीतिक सल्लाहकार समितिका संयोजक पौडेलले समितीको छुट्टै कार्यकक्ष हुनुपर्ने तथा सेवा सुबिधा पनि नगरपालिकाले उपलब्ध गराउनुपर्ने माग गरेपछि समस्या देखिएको बताएका छन् । नगर प्रमुख लामाले समितीहरु सल्लाह लिनको लागि मात्र गठन गरिएको र नगरपालिकाले त...

श्री नारद आदर्श माबि बसहाको २८ औं अभिभावक दिवसको अवसरका खेल प्रतियोगिता संचालन ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा स्थित श्री नारद आदर्श माध्यमिक बिद्यालयले बिद्यालयको २८ औं अभिभावक दिवस तथा यहि मंसिर २७ गते बिद्यालय परिसरमा निमार्ण भएको ऐतिहासिक ब्यक्तित्व स्वर्गीय नारद मुनी थुलुङ्गको शालिक अनावरण कार्यक्रमको उपलक्षयमा नगरस्तरीय अन्तर माध्यमिक बिद्यालय हाजरीजवाफ तथा भलिवल खेल प्रतियोगिताको आयोजना गरेको छ । आज भएको नगरस्तरीय अन्तर माध्यमिक बिद्यालय हाजरीजवाफ प्रतियोगितामा सामुदायिक र संस्थागत बिद्यालयका १५ वटा टिम सहभागी भएकोमा सगरमाथा बोडिङ्ग स्कुल बेल्टार प्रथम, मेरीगोल्ड एकेडेमी भुल्के द्धितीय र भूपू सैनिक माबि बेल्टार तृतीय भएका छन् भने पुमा बोडिङ्ग स्कुल बेल्टारले सान्तवना पुरुस्कार हात पारेको छ । प्रथम, द्धितीय, तृतीय र सान्तवना पुरुस्कार पाउनेहरुले क्रमशः ५ हजार, ४ हजार , ३ हजार र १५ सय रुपैयाँ नगद प्राप्त गर्ने आयोजक श्री नारद आदर्श माध्यमिक बिद्यालयका प्रा...

चौदण्डीगढी नगरपालिकाका वडा नम्बर ७ मा रोजगार उपभोक्ता समिति गठन ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाका वडा नम्बर ७ ले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र बेल्टारमा गत आर्थिक बर्षमा सुचिकृत भएका ब्यक्तिहरुको भेला बोलाई आज रोजगार उपभोक्ता समिति गठन गरेको छ । चौदण्डीगढी नगरपालिकाका रोजगार सेवा केन्द्र बेल्टारका शाखा प्रमुख अर्जन बस्नेतको उपस्थितीमा सुचिकृत ब्यक्तिहरुमध्येबाट नौ जनाको समिति गठन गरिएको छ । समितिको अध्यक्षमा मदन चौकका बद्री थापा, कोषाध्यक्षमा थाना लाईनका चन्द्रकला अधिकारी र सचिवमा श्रीपञ्चमीकी अन्जना राई रहेका छन् । वडा अध्यक्ष केशव अधिकारीले यस बर्षका लागि ९ जनाको लागि मात्र कोटा भएता पनि वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत ८२ जनालाई नै मिलाएर काममा लगाउने बताएका छन् । सरकारले बेरोजगार ब्यक्तिहरुलाई बर्षमा १०० दिन रोजगारी उपलब्ध गराउने उदेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको भएपनि वडा नम्बर ७ मा ९ जनाक...

आफु पहिचान पक्षधर रहेकोले पहिचानका लागि निरन्तर लडिरहने : प्रदेश सभा सदस्य राजन किराँती

बिबिध, लाइभ खबर, स्थानीय
                    नेकपा माओवादी केन्द्रका नेता एवम् नव निर्वाचित प्रदेश सभा सदस्य राजन किराँतीले आफु पहिचान पक्षधर रहेकोले सम्मान, आत्मसम्मान र पहिचानका लागि निरन्तर लडिरहने बताएका छन् । किराँतीहरुको महान चाड उधौलीको अबसरमा किराँत राई यायोख्खा चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ को आयोजनामा बेल्टारबजारस्थित साकेला थानमा भएको कार्यक्रममा शुभकामना दिदै राईले पहिचानका लागि लडिरहने बताएका हुन् । यस्तै प्रदेश सांसद राईले प्रदेश नम्बर १ मा मंसिर ४ गते भएको प्रतिनीधि र प्रदेश सभा निर्वाचनबाट आएको परिणाम हेर्दा प्रदेशको नाम पहिचानको आधारमा हुनेमा आशंका रहेको बताएका छन् ।                   यसअघिको प्रदेश सभामा नेकपा एमालेको गठबन्धन हुदाँ एमालेले पहिचानलाई स्वीकार नगर्दा प्रदेशको नामाकरण हुनसकेको थिएन भने यस पटक पनि ९३ सिट संख्या रहेको प्रदेश नम्बर १ मा ४० सिटको साथ एमाले सबैभन्दा ठुलो पार्टी भएको छ...

प्रदेश सभा १ मा उदयपुरबाट समानुपातिकबाट चार जना महिला चयन हुने !

लाइभ खबर, स्थानीय
                       मंसिर ४ गते भएको प्रतिनीधी सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसंगै समानुपातिकबाट संसदमा को को पर्ला भनेर चर्चा परिचर्चा शुरु भएको छ । यसैक्रममा प्रदेश नम्बर १ को प्रदेश सभामा उदयपुरबाट समानुपातिकको अन्तिम बन्द सूचीमा रहेकाहरुको नाम बारे चर्चा भएको छ । चर्चा भएको नाममा प्रदेश सभाका लागि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट बन्दसुचिको शिर्षमा रहेका लिला राई, सृजना दनुवार , गितादेवी रेग्मी र सम्झना तामाङ्ग थाम्सुहाङको नाम अग्रस्थानमा रहेको छ । अन्तिम बन्दसुचिमा नेपाली कांग्रेसबाट आदिवासी जनजाती महिलाको तेश्रो स्थानमा रहेकी लिला राई, नेकपा माओवादी केन्द्रबाट आदिवासी जनजाती महिलाको दोश्रो स्थानमा रहेकी सम्झना तामाङ्ग थाम्सुहाङ र नेकपा एमालेबाट बाट आदिवासी जनजाती महिलाको पहिलो स्थानमा रहेकी सृजना दनुवार र खस आर्य महिलाको चौथो स्थानमा रहेकी ग...
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले १०० घर परिवारको निशुल्क स्थास्थ्य विमा गरिदिने ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले १०० घर परिवारको निशुल्क स्थास्थ्य विमा गरिदिने ।

लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले वडामा बसोबास गरिरहेका अति विपन्न, गरीव, दलित, एकल महिला र अपाङ्गता भएका १०० घर परिवारको वडाबाट निशुल्क स्थास्थ्य विमा गरिदिने बताएको छ । वडा कार्यालयले आज एक सुचना जारी गरी वडा नम्बर ७ अन्तर्गत पर्ने १९ वटै टोल बिकास संस्थाहरुलाई टोल बिकास संस्था क्षेत्रभित्र बसोबास गर्ने अति विपन्न, गरीव, दलित, एकल महिला र अपाङ्गता भएकाहरुको विवरण सात दिनभित्र उपलब्ध गराईदिन आग्रह गरेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट वडामा नयाँ जनप्रतिनीधि आएपछिको पहिलो बैठकबाट वडाको खर्चमा १०० घर परिवारको निशुल्क स्थास्थ्य विमा गर्ने निर्णय गरेको र सोही अनुसार बिपन्न नागरिक स्वास्थ्य विमाका लागि तीन लाख पचास हजार छुट्याएर कार्यक्रम अगाडी बढाएको वडा अध्यक्ष केशव अधिकारीले जानकारी दिएका छन् । यस्तै ५ जनाको परिवारको लागि ३५ सय रुपैयाँमा एक लाख बराबरको स्वास्थ्...

उदयपुरको क्षेत्र नम्बर १ मा चुनावी माहोल बन्न सकेन ।

लाइभ खबर, स्थानीय
आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको प्रचारप्रसारको समय अन्तिम चरणमा पुगेता पनि उदयपुरको क्षेत्र नम्बर १ मा चुनावी माहोल बन्न सकेको छैन । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र पुर्व शहरी बिकास राज्य मन्त्री मञ्जु चौधरी सहित स्वतन्त्र र बिचिन्न दलका १६ जना नेताहरु चुनावी प्रतिस्पर्धामा रहेको भएता पनि मतदाताहरुमा उम्मेदवारप्रतिको आकर्षण पहिला जस्तो देखिएको छैन । वाली थन्काउने समय भएकोले पनि घरदैलो कार्यक्रममा उम्मेदवारहरुको मतदातासंग भेटघाट हुन मुश्किल भएको छ । उम्मेदवारहरु घरदैलो कार्यक्रममा हुँदा मतदाताहरु भने खेतमा भेटिने गरेका छन भने पार्टीहरुले गर्ने कोण सभा लगायतको कार्यक्रममा पनि मतदाताहरुले कम चासो देखाएको देखिएको छ । चुनावी प्रतिस्पर्धामा प्रतिनीधि सभातर्फ १६ जना उम्मेदवारहरु रहेपनि वाम लोक्तान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका डाक्टर खड्का र एमालेकी उम्मेदवार चौधर...

थारु युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक र लक्ष्मिपुर एफ.सि. भिड्ने

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
      कार्तिक ११ गते शुक्रबारबाट चौदण्डीगढी नगरपालिका वडा नं ५ बेल्हामा जारी आठौं संस्करणको थारू युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक कालिका एफ.सि. र लक्ष्मिपुर एफ.सि. भिड्ने भएका छन। आज सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बिजेता बनेको लक्ष्मिपुर एफ.सि.ले रातापानी एफ.सि.लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने सोमबारनै तय गरिएको दोश्रो सेमिफाइनल खेलमा मोतिगडा एफ.सि. उपस्थित नहुँदा आयोजक समेत रहेको कालिका एफ.सि.ले वाकओभर पाएसंगै आयोजक टोलि फाइनल खेलमा लक्ष्मिपुर एफ.सि. संग आमनुसामुन्ने हुने पक्का भएको हो। बेल्हामा जारी आठौं संस्करणको थारु युवा खुल्ला फुटबल प्रतियोगिताको सोमबार भएको पहिलो सेमि फाइनल खेलमा लक्ष्मिपुर एफ.सि. र रातापानी एफ.सि.ले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। खेलको दोस्रो हाफको अन्तिम ७९औ* मिनेटमा लक्ष्मिपुर एफ.सि.का जर्स...

आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न

खेलकुद, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, स्थानीय
आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न भएको छ । पहिलो हाफ गोल रहित बराबरी खेलेको दुबै टिमले दोस्रो हाफ को अन्तिम ७९ मिनेटमा लक्ष्मिपुरको जर्सि नम्बर ४ का लक्ष्मी चौधरी ले एक गोल गर्दै आफ्नो टिमलाई १-० गोल अन्तर ले बिजय गराए को हो । त्यस्तै दोस्रो सेमिफाइनल खेल मोतिगडा एफ सि र आयोजक कालिका थारु युवा समुह बिच हुने भनिए पनि मोतिगडा एफ सि निर्धारित समयमा उपस्थित नहुने जानकारी सङ्गै आयोजकटिम लाई बिजेता घोसित गरिएको थियो । ११ गते कार्तिक देखि शुरु भएको आठौं संस्करण को थारु खुल्ला फुटबल प्रतियोगिता मा १६ गते लक्ष्मिपुर एफ सि र आयोजक बिच अन्तिम फाईनल खेल हुने जनाईएको छ ।...