मंसिर ४ गते भएको प्रतिनीधी सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसंगै समानुपातिकबाट संसदमा को को पर्ला भनेर चर्चा परिचर्चा शुरु भएको छ । यसैक्रममा प्रदेश नम्बर १ को प्रदेश सभामा उदयपुरबाट समानुपातिकको अन्तिम बन्द सूचीमा रहेकाहरुको नाम बारे चर्चा भएको छ । चर्चा भएको नाममा प्रदेश सभाका लागि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट बन्दसुचिको शिर्षमा रहेका लिला राई, सृजना दनुवार , गितादेवी रेग्मी र सम्झना तामाङ्ग थाम्सुहाङको नाम अग्रस्थानमा रहेको छ ।
अन्तिम बन्दसुचिमा नेपाली कांग्रेसबाट आदिवासी जनजाती महिलाको तेश्रो स्थानमा रहेकी लिला राई, नेकपा माओवादी केन्द्रबाट आदिवासी जनजाती महिलाको दोश्रो स्थानमा रहेकी सम्झना तामाङ्ग थाम्सुहाङ र नेकपा एमालेबाट बाट आदिवासी जनजाती महिलाको पहिलो स्थानमा रहेकी सृजना दनुवार र खस आर्य महिलाको चौथो स्थानमा रहेकी गितादेवी रेग्मी प्रदेश सभाका लागि छनौट हुने सम्भावना धेरै रहेको छ । यि दलहरुबाट प्रत्यक्षतर्फबाट महिला उम्मेदवारहरुले नगन्यरुपमा चुनाव जितेकाले संबिधानको प्राबधान बमोजिम ३३ प्रतिशत पुर्याउन समानुपातिक तर्फबाट धेरै महिलालाई संसदमा पठाउनु पर्ने बाध्यता रहेको छ ।