थारु युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक र लक्ष्मिपुर एफ.सि. भिड्ने

 

 

 

कार्तिक ११ गते शुक्रबारबाट चौदण्डीगढी नगरपालिका वडा नं ५ बेल्हामा जारी आठौं संस्करणको थारू युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक कालिका एफ.सि. र लक्ष्मिपुर एफ.सि. भिड्ने भएका छन।

आज सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बिजेता बनेको लक्ष्मिपुर एफ.सि.ले रातापानी एफ.सि.लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने सोमबारनै तय गरिएको दोश्रो सेमिफाइनल खेलमा मोतिगडा एफ.सि. उपस्थित नहुँदा आयोजक समेत रहेको कालिका एफ.सि.ले वाकओभर पाएसंगै आयोजक टोलि फाइनल खेलमा लक्ष्मिपुर एफ.सि. संग आमनुसामुन्ने हुने पक्का भएको हो।
बेल्हामा जारी आठौं संस्करणको थारु युवा खुल्ला फुटबल प्रतियोगिताको सोमबार भएको पहिलो सेमि फाइनल खेलमा लक्ष्मिपुर एफ.सि. र रातापानी एफ.सि.ले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। खेलको दोस्रो हाफको अन्तिम ७९औ* मिनेटमा लक्ष्मिपुर एफ.सि.का जर्सि नम्बर ४ का लक्ष्मी चौधरीले गोल गर्दै आफ्नो टिमलाई १-० गोलको अग्रता दिलाएका थिए। खेलको ७९औ* मिनेटमा लक्ष्मी चौधरीले गरेको गोलनै निर्णयक बन्दा रातापानी एफ.सि. स्तब्ध बनएको हो।
प्रतियोगिता अन्तर्गत सोमबारकै लागि तय गरिएको दोस्रो सेमिफाइनलमा मोतिगडा एफ.सि. र आयोजक समेत रहेको कालिका थारु युवा समुह आमनुसामुन्ने हुने पर्ने भएपनि खेलअवधिको निर्धारित समयमा मोतिगडा एफ.सि.का खेलाडी उपस्थित हुन नसक्ने जानकारी आयोजकले पाए संगै प्रतियोगिता आयोजक कमिटीको निर्णय अनुसार आयोजक समेत रहेको कालिका थारु युवा समुह वाकओभर दिइएको थियो।

कार्तिक ११ गते शुक्रबारबाटा संचालित आठौं संस्करण को थारु खुल्ला फुटबल प्रतियोगिता यही १६ गते बुधवार सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनलमा लक्ष्मिपुर एफ.सि. र आयोजक बिच प्रतिस्पर्धा हुने छ।