श्री नारद आदर्श माबि बसहाको २८ औं अभिभावक दिवसको अवसरका खेल प्रतियोगिता संचालन ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा स्थित श्री नारद आदर्श माध्यमिक बिद्यालयले बिद्यालयको २८ औं अभिभावक दिवस तथा यहि मंसिर २७ गते बिद्यालय परिसरमा निमार्ण भएको ऐतिहासिक ब्यक्तित्व स्वर्गीय नारद मुनी थुलुङ्गको शालिक अनावरण कार्यक्रमको उपलक्षयमा नगरस्तरीय अन्तर माध्यमिक बिद्यालय हाजरीजवाफ तथा भलिवल खेल प्रतियोगिताको आयोजना गरेको छ । आज भएको नगरस्तरीय अन्तर माध्यमिक बिद्यालय हाजरीजवाफ प्रतियोगितामा सामुदायिक र संस्थागत बिद्यालयका १५ वटा टिम सहभागी भएकोमा सगरमाथा बोडिङ्ग स्कुल बेल्टार प्रथम, मेरीगोल्ड एकेडेमी भुल्के द्धितीय र भूपू सैनिक माबि बेल्टार तृतीय भएका छन् भने पुमा बोडिङ्ग स्कुल बेल्टारले सान्तवना पुरुस्कार हात पारेको छ । प्रथम, द्धितीय, तृतीय र सान्तवना पुरुस्कार पाउनेहरुले क्रमशः ५ हजार, ४ हजार , ३ हजार र १५ सय रुपैयाँ नगद प्राप्त गर्ने आयोजक श्री नारद आदर्श माध्यमिक बिद्यालयका प्राध्यापक कविराज तामाङ्गले जानकारी दिएका छन् ।

यस्तै भलीवलतर्फ सामुदायिक र संस्थागत बिद्यालयका छात्रतर्फ १० टिम र छात्रातर्फ ५ टिम सहभागी भएकोमा आज भएको खेलमा सगरमाथा बोडिङ्ग स्कुल बेल्टार, ज्योती माबि बेल्टार, पुमा बोडिङ्ग स्कुल बेल्टार र नारद आदर्श माबि बसहाले आफ्नो आफ्नो खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । आज सगरमाथा बोडिङ्ग स्कुल बेल्टार र जाल्पा माबि अजिंगरेबीच हुने भनिएको पहिलो खेलमा जाल्पा माबि अनुपस्थित भएकोले सगरमाथा बोडिङ्ग स्कुल बेल्टारलाई विजेता घोषना गरिएको थियो भने मोति मेमोरियल वोडिङ्ग स्कुल बसहा र ज्योती माबि बेल्टारबीच भएको दोश्रो खेलमा ज्योती माबिले २६–२८, २५–२२ र २५–२० ले जितेको थियो । यस्तै पुमा बोडिङ्ग स्कुल बेल्टार र सिंहदेवी मावि माडिबासबीच भएको खेलमा पुमा बोडिङ्ग स्कुलले २३–२५, २५–६ र २५–२० ले जित्दै दोश्रो चरणमा प्रबेश गरेका छ भने नारद आदर्श माबि बसहा र जनता आदर्श माबि कालिखोलाबीच आज नै हुने भनिएको चौथो खेलमा जनता आदर्श माबि अनुपस्थित भएपछि नारद आदर्श माबि बसहालाई विजेता घोषना गरिएको थियो ।

छात्र तथा छात्रातर्फ भलिवलका बाकी खेलहरु लगायत सेमिफाईनल र फाईनलका खेलहरु पनि भोली नै हुने आयोजकले जनाएको छ । भलिवलतर्फ प्रथम, द्धितीय, र तृतीय हुनेले क्रमशः ७ हजार, ५५ सय र ४ हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । पुरुस्कार वितरण लयायतका कार्यक्रम भने मंसिर २७ गते शालिक अनावरण कार्यक्रमसंगै हुने आयोजक श्री नारद आदर्श माध्यमिक बिद्यालयका प्राध्यापक कविराज तामाङ्गले बताएका छन् ।