चौदण्डीगढी नगरपालिकाका नगर प्रमुखद्वारा सामुदायिक बिद्यालयहरुको अनुगमनलाई तिब्रता ।

शैक्षिक ,भौतिक पुर्वाधारका साथै वातावरणीय सुधारका लागि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले सामुदायिक बिद्यालयहरुको अनुगमनलाई तिब्रता दिएका छन् । यसैक्रममा हिजो वडा नम्बर २ स्थित श्री रत्तमाला देवी आधारभुत बिद्यालयको अनुगमन गरेका छन् । अगुमनका क्रममा नगर प्रमुख लामाले बिद्यालयका शिक्षक, कर्मचारी, बिद्यार्थी, अभिभावक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी लगायतसंग बिद्यालयको शैक्षिक गुणस्तर, भौतिक पुर्वाधारको अबस्था , अध्ययन अध्यापनको बातावरण लगायतको बिषयमा जानकारी लिएका छन् ।

नगर शिक्षा समन्वय इकाईले नगरको सामुदायिक स्कुलहरुको अनुगमन गरी प्रतिवेदन केही दिनभित्रै दिनेजानकारी गराउदै नगर प्रमुख लामाले नगरको शिक्षा नीतिअनुरुप नै नगरमा बिद्यालयको आबश्यकता, मापदण्ड, शिक्षामा नगरको भुमिका, शिक्षकको दरबन्दी मिलान, बिद्यालयको शैक्षिक तथा भौतिक अबस्था, बिद्यार्थीको संख्या लगायतको बिषयमा जानकारी लिन अनुगमनलाई तिव्रता दिएको बताएका छन् । यी बिषयहरुमा अध्ययन गरी शिक्षकको दरबन्दी मिलान तथा बिद्यालय मर्जसम्मको निर्णय गरिने लामाले जानकारी दिएका छन् ।

यसअघि पनि नगर प्रमुख लामाले मंसिर १४ गते वडा नम्बर ८को श्री जनता मा वि लुङगीनटारमा भएको कार्यक्रममा सहभागी भएका थिए भने कार्तिक २९ गते वडा न ५,६,९ र १० का ९ वटा बिधालयमा एकै दिन अनुगमन गरेका थिए । नगर प्रमुख लामाले कार्तिक १५ गतेबाट नै नगरको सामुदायिक बिद्यालयहरुको अनुगमन को सुरुवात गरेका थिए । चौदण्डीगढी नगरपालिकामा ४८ वटा सामुदायिक बिद्यालय रहेका छन् ।