चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरको सेवा प्रवाहको अबस्था, सेवाग्राहीको अपेक्षा, यस अबद्यीमा भएका कामहरुको बारेमा रिपोर्ट प्रस्तुत गरिएको थियो । जसमा नगरपालिकाको सेवा प्रवाहबाट समग्रमा ७० प्रतिशत सेवाग्राही सन्तुष्ट रहेको जनाइएको थियो भने सुधार गर्नुपर्ने पक्षहरुबारे सेवाग्राहीले आफ्ना बिचार राखेका थिए ।

यस्तै नगर प्रमुख, उप प्रमुख लगायत बिभागीय प्रमुखहरुले सेवाग्राहीहरुको जिज्ञाशाको उत्तर दिएका थिए । सहभागीहरुको जिज्ञाशाको उत्तर दिनेक्रममा नगर प्रमुख कालुमान लामाले मेयरको रुपमा छोटो अबद्यीको अनुभव भए पनि नगरपालिकाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम राम्रो रहेको जनाउदै समग्रमा ७० प्रतिशत सेवाग्राही नगरपालिकाको कामबाट सन्तुष्ट रहेकोमा प्रशन्ता ब्यक्त गरेका थिए । यस्तै उप मेयर मणिकादेवी दुलालले पनि कार्यक्रममा उठेको जिज्ञाशाहरुको जवाफ दिदै नागरिक मैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गरेकी थिईन् । कार्यक्रम सुशासनका हिमायती, उदयपुरको सहजीकरणमा भएको थियो ।