तिलगंगा आखाँ अस्पताल काठमाडौ र चौदण्डीगढी नगरपालिकाको आयोजनामा यहि पुस ९ गते शनिवारदेखी एक हप्तासम्म नगरको बिभिन्न स्वास्थ्य केन्द्रमा मोतिबिन्दु छनौट आँखा शिविर संचालन हुने भएको छ । आँखामा मोतिबिन्दु देखिएका विरामीहरुलाई बिशेषज्ञ डाक्टरहरुको टोलीले बेल्टार बजारस्थित कोभिड अस्पतालमा निशुल्क मोति बिन्दुको अपरेशन गरिने चौदण्डीगढी नगरपालिकाका कार्यबाहक वडा अध्यक्ष लुंगाराज राईले जानकारी दिएका छन् ।
राईले पुस ९ गते स्वास्थ्य चौकी चौदण्डी, पुस १० गते स्वास्थ्य चौकी बसहा, पुष ११ गते स्वास्थ्य चौकी सिद्धिपुर , पुष १२ गते स्वास्थ्य चौकी हडिया, पुष १३ गते स्वास्थ्य चौकी सुन्दरपुर र पुष १४ गते नगर अस्पताल बेल्टारमा शिविर संचालन हुने कार्यक्रम रहेको बताएका छन् । यस्तै यहि पुस १५ र १६ गते कोभिड अस्पताल बेल्टारमा मोति बिन्दुको निशुल्क अपरेशन गरिने राईले बताएका छन् ।
