लाइभ खबर

आजदेखी दशैँको टिका लगाउन सुरू/चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाद्वारा ७३ बर्षिया आमाबाट टिका तथा आशिर्वाद ग्रहण ।

आजदेखी दशैँको टिका लगाउन सुरू/चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाद्वारा ७३ बर्षिया आमाबाट टिका तथा आशिर्वाद ग्रहण ।

बिबिध, लाइभ खबर, स्थानीय
७ कार्तिक,सन्तोष कुमार रौनियार--- वडा दशैको मुख्य दिन आजदेखी दशैँको टिका लगाउन सुरू भएको छ । आज बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा मान्यजनको हातबाट बडा दशैँको टिका लगाउन सुरू गरिएको हो। आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ। आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ। यसैक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले बिजयादशमीको टिका ग्रहण गरेका छन् । वडा नम्बर ४ बसहास्थित घरमा ७३ बर्षिया आमा दिलकुमारी लामा एव्म मामा नारायण लामाको हातबाट टिका ग्रहण गरेका हुन् । टिका ग्रहण...
९ औ संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सर्लाहीको बागमती युवा क्लबलाई ।

९ औ संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सर्लाहीको बागमती युवा क्लबलाई ।

खेलकुद, लाइभ खबर
४ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न ९ औ संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता सर्लाहीको बागमती युवा क्लबले जितेको छ । आज वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा भएको फाईनल खेलमा सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लवलाई १–० ले पराजित गर्दै बागमती युवा क्लबले उपाधी चुमेको हो । खेलको सुरुवात मै बागमतीका जर्सी नम्बर २३ का श्रीजन गौतमले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हापको तेश्रो मिनेटमै बागमतिले कर्नर पाएको थियो । बागमतिका खेलाडीले प्रहार गरेको कर्नरलाई फिनिसिङ्ग गर्दै गौतमले सुन्दर गोल गरेका थिए । त्यो गोल नै निर्णायक हुँदा बागमतिले उपाधी जित्न सफल भएको हो । अफ्रिकन मुलका विदेशी खेलाडीसमेत रहेको त्रियुगा शारिरीक रुपमा बलियो देखिएपनि बागमतिको खलाडीको खेल कौशलका अगाडी फिका भएको...
वडा नम्बर ६ सिर्वानीद्वारा उत्कृष्ट तरकारी खेती गर्ने कृषकलाई सम्मान ।

वडा नम्बर ६ सिर्वानीद्वारा उत्कृष्ट तरकारी खेती गर्ने कृषकलाई सम्मान ।

लाइभ खबर, स्थानीय
३ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले गत बर्ष उत्कृष्ट करेसाबारी संचालन गरेका किसानलाई आज सम्मान गरेको छ । २०८० सालको वडा दशै, दिपावली, छठ पर्व तथा नेपाल संम्वत ११४४ को अवसरमा सिर्वानीस्थित वडा कार्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा वडाले चार जना किसानलाई तरकारी खेतीमा राम्रो कार्य गरेको हुनाले उत्कृष्ट करेसाबारी कृषकले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडाका सातधारेका पर्शुराम राई, केचुवाका लाल बहादुर कार्की, बेल्टारका भोलाचन्द्र राई र सिवार्नीकी डोल्मा शेर्पा रहेको वडा सदस्य कमल कार्कीले जानकारी दिएका छन् । उनीहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले प्रमाण पत्र र जनही नगद दुई हजार रुपैयाँ पुरुस्कारसहित सम्मान गरेका थिए । वडाले गत आर्थिक बर्षदेखी वडालाई तरकारी खेतीमा आत्म निर्भर बनाउने उदेश्यसहित उत्...
ईलाका प्रशासन कार्यालय बेल्टारमा स्थापनाका निम्ति सिफारिसका लागि बजारबासीको नगर प्रमुख लामालाई समक्ष आग्रह ।

ईलाका प्रशासन कार्यालय बेल्टारमा स्थापनाका निम्ति सिफारिसका लागि बजारबासीको नगर प्रमुख लामालाई समक्ष आग्रह ।

देश, लाइभ खबर, स्थानीय
१ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर गत असोज १९ गते उदयपुरको चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका नगर प्रमुखबीच भएको दुबै पालिकालाई पायक पर्ने गरी चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ बर्षेडाँडामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सम्बन्धित निकायमा माग गर्ने निर्णय गरिएपछि चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारका उद्योगी, ब्यापारी, ब्यबसायीहरुमा तरंग पैदा भएको छ । उनीहरुले यस निर्णय प्रति असन्तुष्टी जनाउदै आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामालाई भेटेर ईलाका प्रशासन कार्यालय बेल्टारमा स्थापनाका निम्ति सिफारिसका साथै सहजिकरण गरिदिन माग गरेका छन् । बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुनको नेतृत्वमा बेल्टार बजारका पुराना ब्यापारी, समाजसेवी, बुद्धिजीवि लगायतको टोलीले नगर प्रमुख लामालाई भेटेर ज्ञापन पत्र बुझाउदै संघले गरेको पहलकदमीमा साथ दिन आग्रह ग...
९ औं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा ।

९ औं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा ।

खेलकुद, लाइभ खबर, स्थानीय
३० असोज, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी ९ औं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । पहिलो चरण अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनलको खेलमा उदयपुरको कटारी फुटवल क्लब विजयी भएको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालाामा भएको चौथो दिनको खेलमा उदयपुरको कटारी फुटवल क्लबले काठमाडौंको चित्लाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । चित्लाङलाई पराजित गर्दै कटारी फुटवल क्लब सेमिफाईनलमा प्रबेश गरेको छ । यसअघि सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लवले झापाको दमक फुटवल एकेडेमी, सलार्हीको बागमति फुटवल क्लबले मोरङ्गको चारतारे फुटवल क्लब र आयोजक बसहा क्लबले एभरेष्ट फुटवल क्लब सुन्सरीलाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको थियो ।   आज भएको खेलको पहिलो हापको ३२ औं मिनेटमा चि...
नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता : सलार्हीको वागमती युवा क्लव सेमिफाईनलमा प्रबेश छ ।

नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता : सलार्हीको वागमती युवा क्लव सेमिफाईनलमा प्रबेश छ ।

खेलकुद, लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताका अन्तर्गत आज भएको खेल वागमती युवा क्लव सर्लाहीले जितेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालाामा भएको पहिलो चरण अन्तर्गतको तेस्रो दिनको खेलमा सलार्हीको वागमती युवा क्लवले मोरङ्गको चारतारे फुटबल क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउदै सेमिफाईनलमा प्रबेश गरेको छ । निर्धारित समयको खेलमा २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो । खेलको सुरुवातमै चारतारेको तर्फबाट जर्सी नं. १६ का खेलाडी सागर तिवारीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेल शुरु भएको ३ मिनेटमै गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको २० औं मिनेटमा चारतारेकै जर्सी नं.–१० का भुवन वस्नेतले थप एक गोल गर्दै टिमको अग्रता २–० मा पुर्याएका थिए । पहिलो हापमा २–० ले पछि परेको वाग...
नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिताः  न्यू त्रियुगा स्पोर्टस क्लव सप्तरी सेमिफाईनलमा प्रबेश ।

नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिताः न्यू त्रियुगा स्पोर्टस क्लव सप्तरी सेमिफाईनलमा प्रबेश ।

खेलकुद, लाइभ खबर, स्थानीय
असोज २८, सन्तोष कुमार रौनियार, बेल्टार, उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहामा जारी नवौं नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० अन्तर्गत आज भएको खेलमा सप्तरीको न्यू त्रियुगा स्पोर्ट्स क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–१ गेल अन्तरले पराजित गरेको छ । वडा नं. ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग खेल मैदानमा भएको दोश्रो दिनको खेलको पहिलो हापको २०औं मिनेटमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नं. १२ का विशाल घलानले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर खेलको २६औं मिनेटमा दमक फुटबल एकेडेमी झापाका जर्सी नं. ८ का किस्मत लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाप १–१ गोलको बराबरी भएको खेलको दोश्रो हापको ४ मिनेटमै न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका बिदेशी खेलाडी जर्सी नम्बर ७ का फोफोनाले गोल गर्दै टिमको अग्रता २–१ बनाएका थिए । त्यसपछि खे...
नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिताः आयोजक बसहा क्लबको विजयी सुरुवात ।

नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिताः आयोजक बसहा क्लबको विजयी सुरुवात ।

खेलकुद, लाइभ खबर, स्थानीय
नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करण अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी शुरु भएको प्रतियोगितामा आयोजक बसहा क्लबले विजयी सुरुवात गरेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा स्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक बसहा क्लबले सुनसरीको एभरेष्ट क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाप गोल रहित बराबरी रहेको खेलको दोश्रो हापको ५ औं मिनेटमा बसहाका खेलाडीले गरेको प्रहार एभरेष्ट क्लब सुनसरीका जर्सी नम्बर ४ का खेलाडी योगेश राईको खुट्टामा लागेर आत्मघाती गोल भएपछि आयोजक बसहा क्लबले शुरुवाती अग्रता लिएको थियो । यस्तै खेलको दोश्रो हापको १९ औं मिनेटमा बसहाका जर्सी नम्बर २३ का खेलाडी जसबहादुर राईले सुन्दर गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । २–० ले पछि परेको एभरेष्ट क्लबका खेलाडीहरुले त्यसपछि आक्रमक खेल प्रदर्शन गरेका थिए । ...
९ औं संस्करणको नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिता आजदेखी शुरु हुदै ।

९ औं संस्करणको नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिता आजदेखी शुरु हुदै ।

खेलकुद, लाइभ खबर, स्थानीय
उदयपुरको प्रतिष्ठित खेलकुद प्रतियोगिता नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करण आजदेखी शुरु हुदैछ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । चौदण्डीगढी नगरपालिकाको संयोजनमा हुने प्रतियोगितामा झापाको गोर्खा ब्वाइज, सुनसरीको एभरेष्ट क्लव, सर्लाहीको बागमति स्पोर्टस क्लव, मोरङको चारतारे फुटवल क्लव, सप्तरीको न्यू त्रियुगा स्पोर्टस क्लव , उदयपुरको कटारी फुटवल क्लब, अफ्रिकन खेलाडी सम्मिलित एविनियर फुटवल क्लब र आयोजक बसाहा क्लव गरी ८ वटा टिमको सहभागिता रहको छ। चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा स्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज उद्घाटन खेल आयोजक बसहा क्लब र सुनसरीको एभरेष्ट क्लवबीच दिउँसो २ बजेबाट हुने आयोजकले बताएको छ । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले चार लाख एक हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र तथा उप विजेताले दुई लाख एक...
बेल्टारमा आजदेखी शुरु भएको खसी कपको उद्घाट्न खेलमा समाबेशी टिम विजयी ।

बेल्टारमा आजदेखी शुरु भएको खसी कपको उद्घाट्न खेलमा समाबेशी टिम विजयी ।

खेलकुद, लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका कै पुरानो मध्येको एक खसी कप फुटवल प्रतियोगिताको २७ औं संस्करण आजबाट शुरु भएको छ । गत बर्षको उपाधी विजेताले यस बर्ष प्रतियोगिता संचालन गर्नुपर्ने प्राबधान बमोजिम दुवारहाङ्ग दुवारहाङ्गमा युवा समुहको आयोजना आज भएको उद्घाटन खेलमा समाबेशी टिमले कल्याण चौकको ए टिमलाई २–१ गोल अन्तरले पराजित गरेको छ । बेल्टार बजारस्थित शहिद राप्रसाद राई खेल मैदानमा भएको खेलमा समाबेशी टिमका जर्सी नम्बर ३ का सोनेहाङ्ग राईले खेल शुरु भएको ९० सेकेण्डमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको १२ औं मिनेटमा कल्याण चौकका जर्सी नम्बर १२ का खेलाडी गौतमले गोल फकाउदै बराबरी गरेका थिए । पहिलो हाप १–१ ले बराबरी भएको खेलमा दोश्रो हापमा भने समाबेशी टिमले थप एक गोल गर्दै विजयी भएको थियो । खेलको ४९ औ मिनेटमा समाबेशीका जर्सी नम्बर १० का विदुर राईले गोल गर्दै टिमलाई विजयी बनाएका थिए । आजको म्यान अफ दि म्य...