नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता : सलार्हीको वागमती युवा क्लव सेमिफाईनलमा प्रबेश छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी नवौं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताका अन्तर्गत आज भएको खेल वागमती युवा क्लव सर्लाहीले जितेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालाामा भएको पहिलो चरण अन्तर्गतको तेस्रो दिनको खेलमा सलार्हीको वागमती युवा क्लवले मोरङ्गको चारतारे फुटबल क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउदै सेमिफाईनलमा प्रबेश गरेको छ । निर्धारित समयको खेलमा २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्धारण गरिएको थियो ।

खेलको सुरुवातमै चारतारेको तर्फबाट जर्सी नं. १६ का खेलाडी सागर तिवारीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेल शुरु भएको ३ मिनेटमै गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको २० औं मिनेटमा चारतारेकै जर्सी नं.–१० का भुवन वस्नेतले थप एक गोल गर्दै टिमको अग्रता २–० मा पुर्याएका थिए । पहिलो हापमा २–० ले पछि परेको वागमती युवा क्लवले नतिजा उल्टाउदै निर्धारित समयको खेल २–२ को बराबरीमा पुर्याएका थिए । दोश्रो हापको ८ औं मिनेटमा वागमती युवा क्लवको तर्फबाट जर्सी नं.–९ का खेलाडी दिपेश चाम्लिङ राईले गोल गर्दै स्कोर २–१ मा पुर्याएका थिए । एक गोल फर्काएपछि उत्साहित भएको बागमतिले आक्रमक खेल प्रस्तुत गर्दै खेलको ३० औं मिनेटमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ३० औं मिनेटमा वागमती युवा क्लवकै जर्सी नं.–१६ का खेलाडी राज भुसालले थप एक गोल गर्दै स्कोर २–२ को बराबरी बनाएका थिए । त्यसपछि दुवै तर्फबाट निर्धारित समयमा थप गोल नभएपछि खेलको नतिजा ट्राईबेकरको माध्यमबाट निर्धारण गरिएको थियो । जसमा वागमती युवा क्लवले चारतारे फुटबल क्लबलाई ५–४ गोल अन्तरले हराउदै सेमिफाईनलमा प्रबेश गरेको छ । आजको म्यान अफ द म्याच वागमती युवा क्लव सर्लाहीका जर्सी नं.–१६ का राज भुसाल घोषित भएका थिए । उनलाई वडा नं.–४ का वडा खेलकुद समितिका अध्यक्ष सुमन मगरले नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए ।

यस्तै पहिलो चरण अन्तर्गत अन्तिम क्वाटर फाईनलको खेल भोलि एभिनियर क्लव काठमाडौ र कटारी फुटबल क्लव उदयपुरबिच हुने आयोजकले जानकारी दिएको छ ।