उदयपुरको प्रतिष्ठित खेलकुद प्रतियोगिता नादरमुनी स्मृती गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करण आजदेखी शुरु हुदैछ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । चौदण्डीगढी नगरपालिकाको संयोजनमा हुने प्रतियोगितामा झापाको गोर्खा ब्वाइज, सुनसरीको एभरेष्ट क्लव, सर्लाहीको बागमति स्पोर्टस क्लव, मोरङको चारतारे फुटवल क्लव, सप्तरीको न्यू त्रियुगा स्पोर्टस क्लव , उदयपुरको कटारी फुटवल क्लब, अफ्रिकन खेलाडी सम्मिलित एविनियर फुटवल क्लब र आयोजक बसाहा क्लव गरी ८ वटा टिमको सहभागिता रहको छ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा स्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज उद्घाटन खेल आयोजक बसहा क्लब र सुनसरीको एभरेष्ट क्लवबीच दिउँसो २ बजेबाट हुने आयोजकले बताएको छ । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले चार लाख एक हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र तथा उप विजेताले दुई लाख एक हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाईएको छ । प्रतियोगिताको पहिलो सेमिफाईलन कार्तिक १ गते, दोश्रो सेमिफाईनल कार्तिक २ गते र फाईनल खेल कार्तिक ४ गते शनिवार हुने आयोजकले सार्वजनिक गरेको टाईसिटमा उल्लेख छ ।
