९ औं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा ।

३० असोज, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी ९ औं नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । पहिलो चरण अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनलको खेलमा उदयपुरको कटारी फुटवल क्लब विजयी भएको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालाामा भएको चौथो दिनको खेलमा उदयपुरको कटारी फुटवल क्लबले काठमाडौंको चित्लाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । चित्लाङलाई पराजित गर्दै कटारी फुटवल क्लब सेमिफाईनलमा प्रबेश गरेको छ । यसअघि सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लवले झापाको दमक फुटवल एकेडेमी, सलार्हीको बागमति फुटवल क्लबले मोरङ्गको चारतारे फुटवल क्लब र आयोजक बसहा क्लबले एभरेष्ट फुटवल क्लब सुन्सरीलाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको थियो ।

 

आज भएको खेलको पहिलो हापको ३२ औं मिनेटमा चित्लाङ फुटबल क्लवको तर्फबाट जर्सी नं.११ का खेलाडी राजिव लोप्चनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ३९ औं मिनेटमा कटारी फुटबल क्लवका जर्सी नं.८ का विदेशी खेलाडी बेबोले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाप १–१ को बराबरीमा रहेको खेलको दोस्रो हाफको ३ मिनेटमै कटारीका जर्सी नं. ६ का कोमल खवासले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । त्यसपछि निर्धारित समयमा दुबैपक्षबाट थप गोल हुन सकेन र समग्रमा कटारी फुटबल क्लवले आजको खेल २– १ ले जित्दै सेमिफाईनलका प्रबेश गरेको छ भने कार्तिक २ गते हुने दोश्रो सेमिफाईनल खेलमा सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लवसंगको भिडन्त पक्का गरेको छ ।

 

आजको खेलको म्यान अफ द म्याच कटारी फुटवल क्लवका कोमल खवास घोषित भएका थिए । उनलाई वडा नं.१ का वडा अध्यक्ष सिताराम राईले नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । यस्तै भोलीदेखी दोश्रो चरण अन्तर्गत सेमिफाईनलको खेल शुरु हुनेछ । भोली पहिलो सेमिफाइनल खेल आयोजक बसाहा क्लव र सलार्हीको वागमती फुटबल क्लवबीच दिउँसो २ बजेबाट हुने आयोजकले जनाएको छ ।