जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना ।
२० असोज, सन्तोष कुमार रौनियार, बेल्टार,उदयपुर
नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्व चौदण्डीगढी नगरपालिकाको थारु बहुल क्षेत्रमा नाचगान गर्दै हर्षोल्लासका साथ मनाइएको छ । जितिया पर्वको अवसरमा चौदण्डीगढी नगरपालिकाको बसहा, सुन्दरपुर, हडिया लगायतका क्षेत्रमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको हो । आज वडा नम्बर ५ को सुन्दरपुरमा भएको वडा स्तरीय जितिया महोत्सव कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री एवंम् उदयपुर क्षेत्र नम्बर १ का संघीय सांसद डा. नारायण खड्का, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्व मेयर खगेन्द्र राई, वडा अध्यक्ष तुलसीराम ढकाल, पुर्व वडा अध्यक्ष देव नारायण चौधरी लगायत सयौं स्थानीयबासीको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले आफ्नो कला संस्कृति, ऐतिहासिक र सांस्कृतिक परम्पराल...








