२०८०/०६/१५ सोमबार, सन्तोष कुमार रौनियार
उदयपुरको चौदण्डीगढी नगरपालीका वडा नम्बर ६ बेलटारबाट प्रहरीले ५ जनालाई लागु औषध सेवन गर्ने उदेश्यले शरिर भित्र (मलद्धारमा) फ्रिजिङ्ग गरी लागु औषध ल्याउदै गरेको अवस्थामा हिजो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रही निरिक्षक ओम प्रकाश पुन कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुको चेक जाँच गर्नेक्रममा लागु औषध भेटिएको थियोे । उनीहरुको बेल्टार बजारस्थित चौदण्डीगढी हस्पिटलमा भिडियो एक्सरे गर्दा मलद्धारमा फ्रिजिङ्ग गरी लागु औषध एम्पुल राखेको देखिएपछि ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएर शरिरबाट निकालिएको थियो ।

पक्राउ पर्नेमा सबै चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का बेल्टार बजारका रहेका छन् । पक्राउ पर्नेमा अन्दाजी वर्ष ३० का बिनोद राई, अन्दाजी वर्ष ३२ का बिदुर राई, अन्दाजी वर्ष ३० का बिशाल राई त्यस्तै अन्दाजी वर्ष ३२ का मनोज राई र अन्दाजी वर्ष ३२ का प्रबेश चौहान रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुको साथबाट फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजोपाम६ एम्पुल र लेवल नभएको ९ एम्पुल गरी ३५ एम्पुल लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
