चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा ।
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आज भएको समुह चरणको अन्तिम खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १० सेमिफाईनलमा प्रवेश गरेसंगै समिकरण पुरा भएको छ । यसअघि भएको समुह ए को समुह चरणको खेलबाट वडा नम्बर ७ सेमिफाईनमा प्रवेश गरिसकेको छ भने समुह वि बाट वडा नम्बर ६ र वडा नम्बर ४ सेमिफाईनलमा प्रबेश गरेको छ । पहिलो सेमिफाईनल खेल अन्तर्गत भोली वडा नम्बर ६ र वडा नम्बर ४ बीच पहिलो सेमिफाईन खेल हुने समितिका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।
यस्तै आज भएको खेलमा वडा नं १० बिजयी भएको छ । वडा नं ८ लाई ० का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै वडा नं १० बिजयी भएको हो। प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हापमा दुवै ...


