चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आज नगरको वडा नम्बर एक स्थित ऐतिहासिक स्थल चौदण्डीगढी दरबार र पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नसकिने आपसासका क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सेनबंशीय राजाको दरवार रहेको यस क्षेत्रलाई बिकास गर्न सकिए एक नम्बर प्रदेश कै राम्रो पर्यटकिय गन्तब्यमा बनाउन सकिने सम्भावना रहेकाले दरवारसम्म पुग्ने बाटोको अबस्था, होम स्टे तथा होटल संचालनको अबस्था लगायतको अध्ययनको लागि अबलोकनमा आएको नगर प्रमुख लामाले बताएका छन् । यसैक्रममा नगर प्रमुख लामाले एक नम्बर वडामै रहेको छुईला झरना तथा बंशिलाघाट पिकनिक स्पोर्टको पनि अबलोकन गरेका छन् । नगर प्रमुख लामाले अहिले बाटोको स्तरोन्न्ती तथा खानेपानी समस्याको समाधानका लागि काम भईरहेको जनाउदै यसपछि चौदण्डीगढीलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नलाई गुरुयोजना बनाएरै अघि बढ्ने बताएका छन् ।
