चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आज भएको समुह चरणको अन्तिम खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १० सेमिफाईनलमा प्रवेश गरेसंगै समिकरण पुरा भएको छ । यसअघि भएको समुह ए को समुह चरणको खेलबाट वडा नम्बर ७ सेमिफाईनमा प्रवेश गरिसकेको छ भने समुह वि बाट वडा नम्बर ६ र वडा नम्बर ४ सेमिफाईनलमा प्रबेश गरेको छ । पहिलो सेमिफाईनल खेल अन्तर्गत भोली वडा नम्बर ६ र वडा नम्बर ४ बीच पहिलो सेमिफाईन खेल हुने समितिका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।
यस्तै आज भएको खेलमा वडा नं १० बिजयी भएको छ । वडा नं ८ लाई ० का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै वडा नं १० बिजयी भएको हो। प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हापमा दुवै टिमले गोल गर्न सकेनन् भने दोश्रो हापमा खेलको ४४ औं मिनेटमा वडा नं १० का जर्सी नं १० का राम मगरले निर्णायक गोल गर्दै टिमलाई विजयी दिलाएका थिए । आजको म्यान अफ दि म्याच पनि वडा नं १० कै राम मगर भएका छन् । मगरले पुरुस्कार स्वरुप नगद एक हजार प्राप्त गरेका छन् ।
