९ औ संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सर्लाहीको बागमती युवा क्लबलाई ।
४ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न ९ औ संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता सर्लाहीको बागमती युवा क्लबले जितेको छ । आज वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा भएको फाईनल खेलमा सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लवलाई १–० ले पराजित गर्दै बागमती युवा क्लबले उपाधी चुमेको हो ।
खेलको सुरुवात मै बागमतीका जर्सी नम्बर २३ का श्रीजन गौतमले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हापको तेश्रो मिनेटमै बागमतिले कर्नर पाएको थियो । बागमतिका खेलाडीले प्रहार गरेको कर्नरलाई फिनिसिङ्ग गर्दै गौतमले सुन्दर गोल गरेका थिए । त्यो गोल नै निर्णायक हुँदा बागमतिले उपाधी जित्न सफल भएको हो । अफ्रिकन मुलका विदेशी खेलाडीसमेत रहेको त्रियुगा शारिरीक रुपमा बलियो देखिएपनि बागमतिको खलाडीको खेल कौशलका अगाडी फिका भएको...









