मुख्य खबर

कंचनजंघा सेकेण्डरी अंग्रेजी स्कुलको २७ औं स्थापना तथा अभिभावक दिवस भब्यरुपमा सम्पन्न ।

कंचनजंघा सेकेण्डरी अंग्रेजी स्कुलको २७ औं स्थापना तथा अभिभावक दिवस भब्यरुपमा सम्पन्न ।

मुख्य खबर, स्थानीय
०२ फागुन २०८१, सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित कंचनजंघा सेकेण्डरी अंग्रेजी स्कुलले आफ्नो २७ औं स्थापना तथा अभिभावक दिवस मनाएको छ । ज्योती जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मनोज कुमार झाको प्रमुख आथित्यितामा एक कार्यक्रमको आयोजना गरेर बिद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो । बिद्यालयको प्रारंगमा भएको कार्यक्रममा सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले गायन, नृत्य तथा नाटकको माध्यमबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा बिद्यालयमा संचालित खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका तथा कक्षामा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरुस्कृत समेत गरिएको थियो । यस्तै बिद्यालयले नियमित बिद्यँलय आउने , सफासुग्घर भै बिद्यँलय आउने र अनुशाशित बिद्यार्थीलाई समेत पुरुस्कृत गरेको थियो भने उत्कृष्ट अभिभावक एन्जिला ...
नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक ।

नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक ।

खेलकुद, मुख्य खबर, स्थानीय
२९ माघ २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहमा सम्पन्न १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । आयोजक बसहा क्लबका सचिव लाखमान राईले आज सामाजिक संजाल फेजबुकमार्फत आयब्यय सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण अनुसार प्रतियोगिताको लागि बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट २३ लाख ७७ हजार ३ सय २६ रुपैयाँ संकलन भएको तथा बिभिन्न शिर्षकमा २२ लाख ६३ हजार ३ सय ९५ रुयैयाँ खर्च भएको छ । प्रतियोगिताको लागि मुख्य प्रायोजक रहेको चौदण्डीगढी नगरपालिकाले ८ लाख रुपैयाँ , यस्तै बसहा सेवा समाज हङकङ्गबाट २ लाख ५० हजार , बसहा सेवा समाज युकेबाट ८६ हजार १९० रुपैयाँ , ४ नम्बर वडाबाट १ लाख रुपैयाँ, ७ नम्बर वडाबाट २५ हजार रुपैयाँ प्राप्त भएको सचिव राईले बताएका छन् । यस बाहेक बिभिन्न् ब्यक्ति र संस्थाबाट रकम प्रा...
केपी ओली कपको प्रचारका लागि माघ २५ गते बेल्टारमा फुटसल कप प्रतियोगिताको आयोजना हुदै ।

केपी ओली कपको प्रचारका लागि माघ २५ गते बेल्टारमा फुटसल कप प्रतियोगिताको आयोजना हुदै ।

खेलकुद, मुख्य खबर, स्थानीय
२३ माघ २०८१, सन्तोष कुमार रौनियार…   राष्ट्रिय युवा संघ नेपाल उदयपुरले केपी ओली कपको प्रचार प्रसारका लागि फुटसल कप प्रतियोगिताको आयोजना गरेको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरका सचिव अनुपराज खत्रीका अनुसार यही माघ २५ गते शुक्रवार उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टारस्थित स–शस्त्र प्रहरी बेस क्याम्पको खेल मैदानमा प्रचारात्मक कमरेड खुल्ला फुटसल कप प्रतियोगिता संचालन हुने जनाएका छन् । यही फागुन ११ गतेदेखी १९ गतेसम्म काठमाडौंमा केपी ओली कप फुटवल प्रतियोगिता आयोजना हुदैछ । सोही प्रतियोगिताको प्रचारप्रसारका लागि बेल्टारमा पनि फुटसल प्रतियोगिता आयोजना गरिन लागेको जिल्ला सचिव खत्रीले बताएका छन् । खत्रीका अनुसार प्रतियोगितामा बेल्टार युवा एकता क्लब, ए.पि.एफ. उदयपुर, सुनाखरी युथ क्लब वेलका, के.वाई.सी उदयपुर, त्यस्तै बसहा ११, नेपाली पुलिस उदयपुर, न्यु त्रियुगा स्पोर्टस क...
पारुहाङ एकेडेमीको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

पारुहाङ एकेडेमीको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

मुख्य खबर, स्थानीय
१९ माघ २०८१, सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित पारुहाङ एकेडेमीले २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वडा नम्बर ७ बेल्टार गोरेटो लाइन स्थित बिद्यालयको प्रारंगमा आज सांगीतिक कार्यक्रमसहित एकेडेमीले २१ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न गीतमा नृत्य प्रस्तुत गर्दै आफ्नो कला प्रस्तुत गरेका थिए । स्थानीइ ६ जना युवाहरु छविन्द्र राई, सगेन्द्र राई, गोपाल राई, प्रियचन्द्र राई , कुमारी राई र शिव कुमार राईले मिलेर २०६२ सालमा स्थापना गरेको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरको शैक्षिक उन्ययनमा महत्वपुर्ण भुमिका खेलेको छ भने पछिल्लो समयमा खेलकुद लगायतका क्षेत्रमा पनि योगदान पुर्याईरहेको छ । भाडाको घरमा पठनपाठन गर्दै शुरु भएको बिद्यालय अहिले साढे ६ कट्ठामा बनेको आफ्नै सुबिधा सम्पन्न २३ कोठे भवनबाट संचालन भएको छ...
अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामको उपाधी पुमा सेकेण्डरी बोडिङ्ग स्कुललाई ।

अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामको उपाधी पुमा सेकेण्डरी बोडिङ्ग स्कुललाई ।

खेलकुद, मुख्य खबर, स्थानीय
१७ माघ २०८१, सन्तोष कुमार रौनियार…   अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामा बेल्टार बजारस्थित पुमा सेकेण्डरी बोडिङ्ग स्कुलले छात्र तथा छात्रातर्फको उपाधी जितेको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ बेल्टारस्थित समाबेशी खेल मैदानमा चौदण्डिगढि नगर प्याब्सनद्वारा आयोजित हिजोदेखी शुरु भएको अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामा मावी स्तरीय छात्र तथा छात्रातर्फको उपाधी पुमाले जितेको हो । आज सम्पन्न फाईनल खेलमा सिनियर मावीतर्फ छात्रहरुको खेलमा मेरीगोल्ड एकेडेमी भुल्केलाई १२–३ को फराकिलो गोल अन्तरले पराजित गर्दै पुमाले उपाधी जितेको हो । बेल्टारस्थित सगरमाथा सेकेण्डरी बोडिङ्ग स्कुल भने तृतीय भएको छ । यस्तै छात्रातर्फको उपाधी पनि पुमाले नै जितेको छ । छात्रातर्फ सगरमाथा सेकेण्डरी बोडिङ्ग स्कुल बेल्टारलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । छात्रातर्फ भने भुपु सैनिक अंग्रे...
राष्ट्रिय योजना आयोगको वर्गीकरणले चौदण्डीगढी नगरपालिकाको पुर्वाधार विकासको काम प्रभावित हुने ।

राष्ट्रिय योजना आयोगको वर्गीकरणले चौदण्डीगढी नगरपालिकाको पुर्वाधार विकासको काम प्रभावित हुने ।

मुख्य खबर, स्थानीय
१५ माघ २०८१, सन्तोष कुमार रौनियार…   राष्ट्रिय योजना आयोगको वर्गीकरणले चौदण्डीगढी नगरपालिकाको पुर्वाधार विकासको काम प्रभावित हुने भएको छ । राष्ट्रिय योजना आयोगले संघ सरकारबाट अनुदान दिनको लागि प्रदेश र स्थानीय तहलाई गरेको वर्गीकरण अनुसार चौदण्डीगढी नगरपालिकाले संघ सरकारबाट पाउने समपुरक अनुदान कम पाउने भएपछि पुर्वाधार विकासको काम प्रभावित हुने भएको हो । चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठले पुर्वाधार निर्माणमा संघ सरकारबाट आउने समपुरक बजेट कम आउने भएपछि नगरपालिकाले पुर्वाधार विकासका योजनामा नगरपालिकाको आन्तिरिक श्रोतबाट थप रकम हाल्नुपर्ने बताएका छन् । यसरी थप रकम हाल्नुपर्दा अन्य विकास निमार्णको कार्यमा रकम अभाव भई प्रभावित हुने श्रेष्ठको भनाई छ । उनले सम्झौता भै सकेको योजनाहरुलाई नयाँ प्राबधानले फरक नपर्ने भएपनि नयाँ योजनाहरुमा भने पालिकाले ६० प...
त्रियुगा नदीस्थित ज्यामिरेघाट र हडिया जोड्ने झुलुङ्गे पुलको डिपिआर तयार गर्ने कार्य  शुरु  ।

त्रियुगा नदीस्थित ज्यामिरेघाट र हडिया जोड्ने झुलुङ्गे पुलको डिपिआर तयार गर्ने कार्य शुरु ।

मुख्य खबर, स्थानीय
१२ माघ  २०८१, सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ त्रियुगा नदीस्थित ज्यामिरेघाट र हडिया जोड्ने झुलुङ्गे पुलको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्ने कार्य आजबाट शुरु भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको झुलुङ्गे पुल हेर्ने ईटहरी शाखाबाट ईन्जिनियर लाल झाको नेतृत्वमा आएको प्राबिधिक टोलीले झुलुङ्गे पुल निमार्ण स्थलको स्थलगत अबलोकन गरेका छन् । हालकै ज्यामिरेस्थित वडा कार्यालय हुदै ज्यामिरेघाट र हडिया जोड्ने बाटोमा पुल निमार्ण हुने भएको छ । पुल निमार्ण स्थल छनौट गर्न नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत, वडा नम्बर १० का वडा अध्यक्ष धमेन्द्र खड्का, नेपाली कांग्रेसका नेता अर्जुन दाहाल लगायतले सहजीकरण गरेका थिए । संघीय सरकारले ज्यामिरेघाट र हडिया जोड्ने झुलुङ्गे पुल निमार्णका लागि त्रिबर्षीय योजना ...
चौदण्डीगढीको बेल्टारमा २ दिने लोक नृत्य प्रशिक्षण कार्याशाला शुरु ।

चौदण्डीगढीको बेल्टारमा २ दिने लोक नृत्य प्रशिक्षण कार्याशाला शुरु ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
११ माघ  २०८१, सन्तोष कुमार रौनियार… लोक नृत्यहरुको प्रवद्र्धन गर्न चौदण्डीगढी नगरपालिकाको बेल्टारमा २ दिने नृत्य प्रशिक्षण कार्याशाला शुरु भएको छ । उदयपुर डान्स स्टुडियोको आयोजनामा बेल्टार बजारस्थित उद्योग बाणिज्य संघको हलमा आजदेखी २ दिने नृत्य प्रशिक्षण कार्याशाला शुरु भएको हो । चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले आज एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरेका छन् । बालबालिकाहरुलाई लोक नृत्यहरुलाई सिकाउने क्रममा भुमे नाच, डोकेनी नाच र संगिनी नाचको बारेमा जानकारी गराउने उदेश्यले कार्याशालाको आयोजना गरिएको उदयपुर डान्स स्टुडियोका प्रमुख प्रेमजंग किराँतीले जानकारी दिएका छन् । सहभागी बालबालिकालाई नृत्य निर्देशक तथा लोकनृत्य अनुसंधानकर्ता सुनिल थापाले प्रशिक्षण दिने किराँतीले बताएका छन् । कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुख लामाले बिभिन्न जातजातीहरुको संस्कार संस्कृती फ...
बेल्टार बजारमा मोटरसाईकलको ठक्करबाट ३ बर्षिय बालक गम्भिर घाईते ।

बेल्टार बजारमा मोटरसाईकलको ठक्करबाट ३ बर्षिय बालक गम्भिर घाईते ।

मुख्य खबर, स्थानीय
०९ माघ  २०८१, सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा मोटरसाईकलको ठक्करबाट ३ बर्षिय बालक गम्भिर घाईते भएका छन् । आज साँझ पौने ७ बजे वडा नम्बर ६ को बेल्टार बजार स्थित बसपार्क बाट बिपि चोक तर्फ जादै गरेको प्रदेश १–०२–०५६प ८७४९ नम्बरको मोटरसाईकलले पैदल रोडमा हिडि रहेका बेल्टार बजारकै जयप्रकाश साहको छोरा अन्दाजी बर्ष ३ को दिब्यान्सु साहलाई ठक्कर दिदा दिब्यान्सु साहको टाउको र अनुहारमा चोट लागेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । दिब्यान्सुको अबस्था बोल्न नसक्ने गम्भिर रहेको र उपचारको लागी नगर अस्पाताल बेल्टारमा ल्याईएकोमा थप उपचारको लागि बिराटनगरस्थित न्युरो अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी सहायक निरिक्षक चन्दन मेहताको कमाण्डमा खटिएको टोलीले ठक्कर दिने मोटरसाईकल च...
चौदण्डीगढीमा ग्रामिण सडक स्त्तरोन्नतीको कार्यमा तिब्रता / नगर प्रमुख लामाद्वारा एकै पटक आधा दर्जन सडक कालेपत्रेको  शिलान्यास ।

चौदण्डीगढीमा ग्रामिण सडक स्त्तरोन्नतीको कार्यमा तिब्रता / नगर प्रमुख लामाद्वारा एकै पटक आधा दर्जन सडक कालेपत्रेको शिलान्यास ।

मुख्य खबर, स्थानीय
०७ माघ  २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा ग्रामिण सडक स्त्तरोन्नतीको कार्यले तिब्रता पाएको छ । संघिय सरकार र प्रदेश सरकारको योजनामा नगरको बिभिन्न वडाका ग्रामिण सडक स्त्तरोन्नती एव्म कालेपत्रे योजनाको काम भैरहेको छ भने नगरपालिकाले पनि आफ्नै श्रोतले नगरको १० वटै वडाको ग्रामिण सडक स्त्तरोन्नतीको लागि बजेट छुट्टयाएर कार्य गरिरहेको छ । नगरको सबै ग्रामिण सडकको स्त्तरोन्नती गर्ने उदेश्यले नगरले आर्थिक बर्ष २०८१/८२ को बजेटबाट प्रत्येक वडामा २०–२० लाख रुपैयाँ छुट्टयाएर सडक कालोपत्रे गर्ने योजना मुताविक आज नगर प्रमुख कालुमान लामाले वडा नम्बर २, ४, ५, ९ र १० मा कालेपत्रे गर्ने आधा दर्जन सडकहरुको एकैपटक शिलान्यास गरेका छन् । वडा नम्बर ४ स्थित त्रिशक्ती चौकमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले सो सडकहरुको शिलान्यास गरेका हुन् । चौदण्डीगढी नगरपालिकास्थित बेल्...