कंचनजंघा सेकेण्डरी अंग्रेजी स्कुलको २७ औं स्थापना तथा अभिभावक दिवस भब्यरुपमा सम्पन्न ।

०२ फागुन २०८१, सन्तोष कुमार रौनियार…

 

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित कंचनजंघा सेकेण्डरी अंग्रेजी स्कुलले आफ्नो २७ औं स्थापना तथा अभिभावक दिवस मनाएको छ । ज्योती जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मनोज कुमार झाको प्रमुख आथित्यितामा एक कार्यक्रमको आयोजना गरेर बिद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो । बिद्यालयको प्रारंगमा भएको कार्यक्रममा सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले गायन, नृत्य तथा नाटकको माध्यमबाट आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा बिद्यालयमा संचालित खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका तथा कक्षामा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरुलाई पुरुस्कृत समेत गरिएको थियो । यस्तै बिद्यालयले नियमित बिद्यँलय आउने , सफासुग्घर भै बिद्यँलय आउने र अनुशाशित बिद्यार्थीलाई समेत पुरुस्कृत गरेको थियो भने उत्कृष्ट अभिभावक एन्जिला तामाङ्ग र उत्कृट शिक्षक सुस्मा राईलाई समेत सम्मान गरेको थियो ।

वि.स. २०५४ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन हुने गरेको छ भने २०७० सालदेखी बिद्यालयले आफ्नै जग्गामा बिद्यालय भवन निमार्ण गरी संचालन गरिरहेको बिद्यालयका प्रबन्ध निर्देशक तथा संस्थापक नारायण प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । बिद्यालयमा कम्प्युटर ल्याव, चमेनागृह, स्कुल बसको ब्यबस्था रहेको तथा बिद्यालयको शैक्षिक वातावरण वालमैत्री रहेको श्रेष्ठले बताएका छन् । पछिल्लो समय बिभिन्न कारणले बिद्यालयमा बिद्यार्थीको संख्या कम भएर नोक्सानमा संचालन गर्नुपरेपनि यस बिद्यालयबाट अध्ययन गरेका बिद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल रहेको उनले दावी गरेका छन् । यस बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न क्याम्पसहरुमा छात्रबृती पाएर उत्कृष्ट प्रदर्शन गरिरहेको उनको भनाई छ ।