मुख्य खबर

बसहास्थित शिवालय मन्दिरमा भगवान गणेशको मुर्ती स्थापना ।

बसहास्थित शिवालय मन्दिरमा भगवान गणेशको मुर्ती स्थापना ।

बिबिध, मुख्य खबर, स्थानीय
२६ चैत्र २०८१, सन्तोष कुमार रौनियार…  उदयपुरको बेल्टार बजारस्थित सजिलो डिपार्टमेन्ट स्टोरका मालिक युवा ब्यबसायी मिलन थुलुङ्ग राईले बसहास्थित शिवालय मन्दिरमा आकर्षक गणेश भगवानको मुर्ती स्थापना गरेका छन् । आज चौदण्डीगढी नगरपालिका वडा नं.–४ बसहा निवासी थुलुङ्गले पित्रीहरुको सम्झनामा पञ्चाधातुबाट निर्मित १८ इन्च अग्लो र १८ किलो तौल भएको गणेशको मुर्ती मन्दिर परिसरमा स्थापना गरी अनावरण गरेका हुन् । थुलुङ्गले मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मोहन निरौलाको आग्रहमा गणेश भगवानको मुर्ती स्थापना गरिएको बताउदै मुर्तीको घेराबेरा लगायतको काममा पनि आफुले सहयोग गर्ने जानकारी दिएका छन् । गणेश भगवानको मुर्ती स्थापनाले श्रद्धालुको संख्यामा बृद्धी हुने बिश्वास गरिएको छ । यस अघि चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा मन्दिर परिसरमा भगवान शिवको मुर्ती स्थापना गरिएको थियो । बसहाको नामाकरण नै बसहा मन्दि...
नेपाल रेडक्रस सोसाईटीको उदयपुरको सभापतिमा शम्भु पौडेलको निरन्तरता।

नेपाल रेडक्रस सोसाईटीको उदयपुरको सभापतिमा शम्भु पौडेलको निरन्तरता।

मुख्य खबर, स्थानीय
२४ चैत्र २०८१, सन्तोष कुमार रौनियार…   नेपाल रेडक्रस सोसाईटीको उदयपुरको सभापतिमा चौदण्डीगढीका शम्भु पौडेलले निरन्तरता पाएका छन् । उदयपुर सदरमुकाम गाईघाटमा हिजो सम्पन्न नेपाल रेडक्रस सोसाईटीे उदयपुर जिल्ला शाखाको ३४ औं अधिबेशनले पौडेललाई सर्वसम्मत चयन गर्दै सभापतिमा निरन्तरता दिएको हो । उदयपुर रेडक्रसमा नेतृत्व विवाद भएपछि नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यालयले पौडेलको नेतृत्वमा यसअघि गत असोज ९ गते ६ महिनाका लागि तदर्थ समिति गठन गरेको थियो । अधिबेशनले एक सभापति, १ महिला उपसभापति, १ खुल्ला उपसभापति, एक मन्त्री, १ कोषाध्यक्ष, १ उपमन्त्री, १ उपकोषाध्यक्ष, महिला सदस्य ३ र खुल्ला सदस्य ७ जनागरी १७ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ । महिला उप सभापतिमा सम्झना राई, खुल्ला उपसभापतिमा चन्द्रमणी गुराँगाई, मन्त्रीमा सन्तोष कोईराला, कोषाध्यक्षमा देवकुमार गिरी, उपमन्त्रीमा राजकुमा...
चौदण्डीगढीमा ढलभन्दा बाहिर सामान राख्नेलाई कारवाही गरिने ।

चौदण्डीगढीमा ढलभन्दा बाहिर सामान राख्नेलाई कारवाही गरिने ।

मुख्य खबर, स्थानीय
२२ चैत्र २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाले सडक किनारमा रहेको ढलभन्दा बाहिर सामान राख्नेलाई कारवाही गर्ने भएको छ । नगरपालिकाले हिजो एक सुचना जारी गर्दै सडकको क्षेत्राधिकारभित्र घर निमार्णका सामाग्री, घरायसी सामान तथा अन्य बिबिध प्रकारका सामाग्रीहरु राख्ने गरेको साथै सडकको ढलभन्दा बाहिर सामान फिजाएर वेचबिखन गर्ने गरेको पाईएको जनाउदै त्यसरी सामाग्री राख्ने तथा ब्यापारिक कार्य गर्नेलाई कारवाही गर्ने जनाएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले यही चैत्र मसान्तभित्रमा त्यस्ता सामाग्रीहरु अनिवार्यरुपमा सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् । सुचनाको बर्खिलाप गरेमा त्यस्ता सामाग्रीहरु जफत गरी प्रचलित कानुन बमोजम जरिवाना गराईने समेत सुचनामा उल्लेख गरिएको छ । चौदण्डगढी नगरपालिकाको ब्यापारिक तथा प्रशासकिय केन्द्र बेल्टार बजारमा यसरी सडकमै ...
चौदण्डीगढी नगरपालिकाको स्थानीय तह सरकारको मध्यावधि प्रगती समिक्षा सम्पन्न ।

चौदण्डीगढी नगरपालिकाको स्थानीय तह सरकारको मध्यावधि प्रगती समिक्षा सम्पन्न ।

मुख्य खबर, स्थानीय
२० चैत्र २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्थानीय नगर सरकारको मध्यावधि प्रगती समिक्षा सम्पन्न गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा हिजो एक कार्यक्रमको आयोजना गरेर जनप्रतिनीधि, प्रमुख प्रशासकिय अधिकृत, बिषयगत शाखाका प्रमुखहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थितीमा मध्यावधि प्रगती समिक्षा गरेको हो । २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित नगर प्रमुख कालुमान लामा नेतृत्वको स्थानीय तह सरकारले आफ्नो कार्यकालको आधा समय आर्थिक बर्ष २०७९/८० देखी चालु आर्थिक बर्ष २०८१/८२ को फागुन मसान्तसम्म गरेको कार्यहरुको प्रगती समिक्षा गरेको हो । नगरपालिकाले यस अबद्यीमा गरेको कामकारवाही र भएका प्रगतीहरुको दस्तावेज नै तयार गरेर कितावको रुपमा प्रकाशित गर्ने जनाएको छ । प्रगति विवरण प्रस्तुत गर्दै नगर सामाजिक विकास शाखाका प्रमुख नवराज वरा...
राजाबादीको हिंसात्मक आन्दोलनको क्रममा चौदण्डीगढीका २ जना घाईते ।

राजाबादीको हिंसात्मक आन्दोलनको क्रममा चौदण्डीगढीका २ जना घाईते ।

मुख्य खबर, स्थानीय
१७ चैत्र २०८१, सन्तोष कुमार रौनियार…   राजाबादीहरुले काठमाडौंमा गरेको हिंसात्मक आन्दोलनको क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिकाका २ जना घाईते भएका छन् । शुक्रवार राजावादीले गरेको हिंसात्मक आन्दोलनलाई तितरवितर गर्ने क्रममा सुरक्षा फौजले चलाएको गोली लागि चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तुलसी खत्रीकी छोरी रेविका खत्री र इन्द्र बहादुर खत्रीका छोरा दिनेश कुमार खत्री घाईते भएका हुन् । रेविकाको अबस्था गम्भिर रहेको छ भने दिनेशलाई सामान्य वार्डमा सारिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनीहरुको मिन भवनस्थित सिविल अस्पतालमा उपचार भै रहेको छ । वडा सदस्य तुलसी खत्रीका अनुसार दिदीभाई कामबाट घर फर्कनेक्रममा कोटेश्वरस्थित डेरा अगाडी सुरक्षाकर्मीले चलाएको गोली दिनेशको पाखुरामा लागेर छेडेको र सोही गोलीले बहिनी रेविकाको खुट्टामा लाग्दा उनीहरु घाईते भएका हुन् । हिजो उदयपुर...
सैनिक तथा प्रहरी संगठन चौदण्डीगढीको अध्यक्षमा कमल कार्की सर्वसम्मत ।

सैनिक तथा प्रहरी संगठन चौदण्डीगढीको अध्यक्षमा कमल कार्की सर्वसम्मत ।

मुख्य खबर, स्थानीय
२४ फागुन २०८१, सन्तोष कुमार रौनियार…   नेकपा एमाले सम्बद्ध नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन चौदण्डीगढी नगर कमिटीको प्रथम नगरस्तरीय भेलाले कमल कार्कीको अध्यक्षतामा सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको छ । बेल्टार बजारस्थित एमाले पार्टी कार्यालयमा आज सम्पन्न संगठनको प्रथम भेलाले अध्यक्षमा कमल कार्की, उपाध्यक्षमा गणेश कार्की, सचिवमा मनुसिंह राई, उपसचिवमा चण्डीराज अधिकारी र कोषाध्यक्षमा पुरुषोतम विष्टलाई सर्वसम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा हरी खड्का, मणिराज तामाङ्ग, शम्भु तामाङ्ग, कमल राई, राजकुमार राई र नाराउण वि.क.लाई चयन गरिएको एमाले चौदण्डीगढीका नगर अध्यक्ष विकास बन्जरालाई जानकारी दिएका छन् । राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन नेपालका उदयपुर जिल्ला अध्यक्ष देव बहादुर कटुवालको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य तथा कोशी प्रदेश ईन्चार्ज तिर्थराज घिम...
एमालेको जराकेन्द्रित अभियान बारे अभिमुखीकरण कार्यक्रम चौदण्डीगढीको वडा नं. ६ मा सम्पन्न ।

एमालेको जराकेन्द्रित अभियान बारे अभिमुखीकरण कार्यक्रम चौदण्डीगढीको वडा नं. ६ मा सम्पन्न ।

मुख्य खबर, स्थानीय
  २१ फागुन २०८१, सन्तोष कुमार रौनियार…   नेकपा एमालेको जराकेन्द्रित अभियान बारे अभिमुखीकरण कार्यक्रम चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा सम्पन्न भएको छ । बेल्टार बजारस्थित एमाले पार्टी कार्यालयमा आज सम्पन्न अभिमुखीकरण कार्यक्रममा वडा नम्बर ६ का अगुवा कार्यकर्ताहरु सहभागी भएका थिए । प्रदेश कमिटी सदस्य तथा चौदण्डीगढी नगर ईन्चार्ज कान्ता राईको प्रमुख आतिथ्यता तथा ६ नम्बर वडा कमिटी अध्यक्ष बच्चु सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जराकेन्द्रित अभियान र यसका उदेश्यहरुको बारेमा एमाले उदयपुरका जिल्ला सचिवालय सदस्य तथा पार्टि स्कुल विभाग सचिव किशोर ताम्राकारले प्रशिक्षण दिएका थिए । उनले जरा केन्द्रित अभियानको उदेश्य टोल र वडा जस्ता स्थानीय तहमा पार्टीको सवलीकरण गर्ने, पार्टीको नीति र नेतृत्वलाई जनतामा स्थापित गराउने, पार्टीलाई विधी, नीति, पद्धती र प्रणालीमा संचालन ...
चौदण्डीगढीमा संस्थागत बिद्यालयका शिक्षकहरुका लागि क्षमता अभिबृद्धी तालिम संचालन ।

चौदण्डीगढीमा संस्थागत बिद्यालयका शिक्षकहरुका लागि क्षमता अभिबृद्धी तालिम संचालन ।

मुख्य खबर, स्थानीय
११ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित संस्थागत बोडिङ्ग बिद्यालयका शिक्षकहरुका लागि क्षमता अभिबृद्धी तालिम संचालन गरेको छ । फागुन ८ गतेदेखी १० गतेसम्म ३ दिनसम्म संचालन भएको तालिममा संस्थागत बिद्यालयका शिक्षकहरुलाई पाठ्यक्रम मुल्यांकन तथा आईटम राईटिङ्ग सम्बन्धि क्षमता अभिबृद्धी तालिम प्रदान गरेको हो । नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा प्याबसन चौदण्डीगढी नगर समितिको आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो । संस्थायत बिद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई प्रश्नपत्र निमार्ण , पाठ्यक्रम सम्बन्धी जानकारी, बिद्यार्थीको मुल्यांकन सही तरिकाबाट गर्ने, पाठ्यक्रमले निर्धारण गरेका सिकाई उपलब्धीहरु , सिकाई उपलब्धीको मापन गर्ने तरिकाहरुको बारेमा जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको शिक्षा शाखा चौदण्डीगढीका शिक्षा अधिकृत तथा तालिम स...
चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत ।

चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत ।

देश, मुख्य खबर, स्थानीय
०९ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत मात्र देखिएको छ । आर्थिक बर्षको शुरुवात श्रावण १ गतेबाट हुने भएपनि भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने योजनाहरुको ठेक्का प्रक्रिया नै ढिलोगरी शुरु हुदाँ योजनाहरुको भुक्तानी आर्थिक बर्षको अन्तमा उच्च देखिने गरेको छ । ढिलोमा दशै तिहारअघि नै योजनाहरुको टेण्डर आवहान भै सक्नुपर्नेमा अहिले पनि कतिपय योजनाहरु ठेक्का प्रक्रिमा नै छन् । लेखा शाखा प्रमुख महेश राना मगरका अनुसार चालु खर्चतर्फ माघ मसान्तसम्म ५४.६५ प्रतिशत खर्च भएको छ भने पुजिँगततर्फ १७.८६ प्रतिशत मात्र खर्च भएको छ ।आर्थिक बर्ष २०८१/०८२ मा चालुतर्फ ५८ करोड ३० लाख ४ हजार ३९६ रुपैयाँ विनयोजन गरिएकोमा ३२ करोड २ लाख ६६ हजार ४६७ रुपैयाँ खर्च भएको छ भने पुजिँगततर्फ २२ करोड ३२ लाख ३५ हजार २६४ रुपैयाँ विनयोजन भएकोमा ३ करोड ९...
अतिक्रमित सरकारी जग्गा खाली गराउन चौदण्डीगढी नगरपालिका एक्सनमा ।

अतिक्रमित सरकारी जग्गा खाली गराउन चौदण्डीगढी नगरपालिका एक्सनमा ।

मुख्य खबर, स्थानीय
०४ फागुन २०८१, सन्तोष कुमार रौनियार…   अतिक्रमित सरकारी जग्गा खाली गराउन उदयपुरको चौदण्डीगढी नगरपालिका एक्सनमा आएको छ । गत बर्ष नै वडा नम्बर ७ द्वार खोला आसपासको नदी उकास जग्गा बिभिन्न ब्यक्तिहरुले अतिक्रमण गरी संरचना निमार्ण गरेको जनगुनासो आएको भन्दै नगरपालिकाले २०८० साल मंसिर २१ गतेबाट लागु हुनेगरी ३५ दिने सुचना जारी गरेको थियो । तर गत माघ ६ गते नगरपालिकाबाट जनप्रतिनीधि, कर्मचारी, नगर प्रहरी र टोल विकास समितिका पदाधिकारीहरु र स्थानीय बुद्धिजिवीसहित गएको टोलीले सो क्षेत्रको अनुगमन गरी द्वारखोला छेउ सिमांकन गरेपछि नगरपालिकाले माघ ७ गते १५ दिने सुचना र माघ २३ गते अतिक्रमित नदी उकास जग्गा खाली गर्न ७ दिने सुचना जारी गरेको थियो । सुचनामा अतिक्रमित जग्गा खाली नगरेमा कानुन अनुसार भैजाने उल्लेख थियो । सोही अनुसार आज कार्यपालिका सदस्य तिलावती राईको नेतृत्वमा वडा नम्बर ७ का वडा सदस्...