सैनिक तथा प्रहरी संगठन चौदण्डीगढीको अध्यक्षमा कमल कार्की सर्वसम्मत ।

२४ फागुन २०८१, सन्तोष कुमार रौनियार…

 

नेकपा एमाले सम्बद्ध नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन चौदण्डीगढी नगर कमिटीको प्रथम नगरस्तरीय भेलाले कमल कार्कीको अध्यक्षतामा सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको छ । बेल्टार बजारस्थित एमाले पार्टी कार्यालयमा आज सम्पन्न संगठनको प्रथम भेलाले अध्यक्षमा कमल कार्की, उपाध्यक्षमा गणेश कार्की, सचिवमा मनुसिंह राई, उपसचिवमा चण्डीराज अधिकारी र कोषाध्यक्षमा पुरुषोतम विष्टलाई सर्वसम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा हरी खड्का, मणिराज तामाङ्ग, शम्भु तामाङ्ग, कमल राई, राजकुमार राई र नाराउण वि.क.लाई चयन गरिएको एमाले चौदण्डीगढीका नगर अध्यक्ष विकास बन्जरालाई जानकारी दिएका छन् ।

राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन नेपालका उदयपुर जिल्ला अध्यक्ष देव बहादुर कटुवालको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य तथा कोशी प्रदेश ईन्चार्ज तिर्थराज घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य एवम् चौदण्डीगढी इन्चार्ज कान्ता राई, एमाले उदयपुरका उपाध्यक्ष एवम् चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, एमाले उदयपुरका उपसचिव एवम् जनवर्गीय संयन्त्र प्रमुख हेम खड्का, एमाले उदयपुर सचिवालय सदस्य किशोर ताम्राकार, सन्तोष बस्नेत, जिल्ला सदस्य भिम परियार, केशव अधिकारी, एमाले चौदण्डीगढी नगर अध्यक्ष विकास बन्जारा लगायतको उपस्थिति रहेको थियो ।