२७ फागुन २०८१, सन्तोष कुमार रौनियार…
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा नारद आदर्श शिक्षा क्याम्पस बसहामा दुई पक्षिय भिडन्त हुने भएको छ । आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल क्रान्तीकारीको नेतृत्वमा नेविसंघ र संघीय समाजवादी बिद्यार्थी युनियनले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गराएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो।
अनेरास्ववियुले स्ववीयु सभापति केवल तामाङ्गको नेतृत्वमा प्यानल नै बनाएर मनोनयन दर्ता गरेको छ । अनेरास्ववीयुबाट सभापतीमा केवल तामाङ, सचिवमा हिरामणि बिष्ट , कोषाध्यक्षमा अलिशा बिसुङखे, त्यस्तै सदस्यहरु खुल्लातर्फ अस्मिता तामाङ(इशा), सन्ध्या भण्डारी र एमुना श्रेष्ठ, यस्तै समानुपातीकतर्फका सदस्यहरूमा निनाम राई ,सुनिल खत्री, शिक्षा लामा, सोनिया राई र बर्षा कुमारी तामाङले मनोनयन पत्र दर्ता गराएका छन् । यस्तै तीन दलिय बिद्यार्थी गठबन्धनबाट सभापतिमा ज्ञान्दिल राई , सचिवमा लोकेश राउत, कोषाध्यक्षमा सजिना राई , त्यस्तै सदस्यहरु खुल्लातर्फ प्रविन राई, संजोक राई र मुस्कान विश्वकर्मा, यस्तै समानुपातिकतर्फ सदस्यहरु रोज राई , खगिन मगर , विपना राई , दिव्या राई र खुशी राईले मनोनयन पत्र दाखिला गरेका छन् । गठबन्धनबाट सभापतिका उम्मेदवार ज्ञान्दिल राई अखिल क्रान्तिकारीबाट, सचिवका उम्मेदवार लोकेश राउत नेविसंघ र कोषाध्यक्षका उम्म्ेदवार सजिना राई संघीय समाजवादी बिद्यार्थी युनियनबाट उम्मेदवार बनेका हुन् ।
यसअघिको स्ववीयु निर्वाचनमा भने अनेरास्ववीयु, नेविसंघ र अखिल क्राान्तिकारी छुट्टाछुट्टै लडेका थिए । जसमा अनेरास्ववीयुमा केवल तामाङ्ग विजयी भएका थिए भने अखिल क्रान्तिकारीका ज्ञान्दिल राई झिनो मतान्तरले पराजित भएका थिए । बिपक्षीले गठबन्धन गरेपनि अनेरास्ववियु नारद आदर्श शिक्षा क्याम्पस बसाहामा बलियो रहेको सभापतिका उम्मेदवार केवल तामाङ्गले बताएका छन् । क्याम्पसमा एक सय ८५ बिद्यार्थी मतदाता रहेको बताइएको छ ।