२ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
यही चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनावले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडास्थित नारद आदर्श शिक्षा क्याम्पसको वातावरण तातेको छ । यसअघिको स्ववियु निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा भएकोमा यस पटक नेविसंघले माओवादी केन्द्रनिकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई सघाएपछि सभापतिमा अनेरास्ववियुको लोकप्रीय उम्मेदवार केवल तामाङ्ग र अखिल क्रान्तिकारीका ज्ञान्दील थुलुङ्ग राईबीच प्रतिस्पर्धा हुने भएको हो । तामाङ्ग , राई र नेविसंघका विनम तामाङ्गबीच यसअघिको स्ववीयु निर्वाचनमा प्रतिस्पर्धा हुदाँ अनेरास्ववियुका केवल तामाङ्गले बाजी मारेका थिए । अहिले फेरी तामाङ्ग र राई आपसमा भिडेका छन् । अनेरास्ववियु सभापतिका उम्मेदवार केवल तामाङ्ग बिद्यार्थीमा माझ लोकप्रीय छन् भने राईले नेविसंघ र जनता समाजवादी पार्टीको साथ पाएका छन् । तर अनेरास्ववियु बाहेक पनि नेविसंघ र अन्य बिद्यार्थीहरु माझ लोकप्रीय रहेका तामाङ्ग यस पटक पनि आफु विजयी हुनेमा ढुक्क छन् ।
आफ्नो २ बर्षे कार्यकालमा क्याम्पस प्रशासनसंग मिलेर बिद्यार्थी हकहितका लागि थुप्रौ कार्य गरेको दावी गर्दै तामाङ्गले क्याम्स प्रशासन र नगरपालिका तथा वडा कार्यालयहरुसंग समेत सहकार्य गर्दै क्याम्सका लागि खेल सामाग्री र वजेट पार्न सफल भएको बताएका छन् । उनले राजनीतिभन्दा पनि क्याम्पसमा शैक्षिण वातावरण निमार्ण गर्नमा आफुले सक्दो प्रयास गरेको दावी गरेका छन् । उनले सभापतिको रुपमा आफुले गरेको असल कामहरुको मुल्यांकन गर्दै पुनः संगठनले टिकट दएको बताउदै आफुले क्याम्पसमा लाईव्रेरीलाई ब्यबस्थित गर्ने, बिद्यार्थीलाई शैक्षिण भ्रमणमा लैजाने, फ्याक्ल्टी शिक्षकहरुको ब्यबस्थाका लागि दवाव दिने, बाहिरका बिद्यार्थीहरुलाई छात्राबासको ब्यबस्था लगायतका कार्य गर्ने बताएका छन् ।
अनेरास्ववियुले नारद आदर्श शिक्षा क्याम्पसमा बसहामा सभापतिमा केवल तामाङ्गलाई दोहर्याउदै उपाध्यक्षमा अलिशा विसुङ्खे, सचिवमा हिरामणि विष्ट, यस्तै खुल्ला सदस्यहरुमा अस्मिता तामाङ्ग ईशा, सन्ध्या भण्डारी र यमुना श्रेष्ठ, त्यस्तै समानुपातिकतर्फ सदस्यहरुमा निनाम राई, सुनिल खत्री र शिक्षा लामालाई प्रतिस्पर्धामा उतारेको छ ।