१६ चैत्र २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ भागलपुर स्थित सगरमाथा टोलमा एक हलसहितको निर्माण भएको जस्ताले छाएको २ कोठे पक्की नवनिर्मित सामुदायिक भवनको कोशी प्रदेश सांसद गीता देबी रेग्मीले उद्घाटन गरेकी छिन् । आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रेग्मीले टोल बिकास संस्थाको माग बमोजिम आफुले सामुदायिक भवन निर्माणका लागि पहल गरेको बताउदै आफ्नो वाचा पुरा गरेको बताएकी थिईन । उनले सिमित श्रोतसाधनका बाबजुद पनि सबैतिर कार्य गर्नुपर्ने भएको हुनाले दवाव हुने गरेको बताउदै सङ्ह सरकारले अधिकार प्रत्यायोजन गर्न आनाकानी गरेकोले पनि काम गर्न अप्ठ्यारो भैरहेको बताएकी थिईन् । यस्तै सांसद रेग्मीले त्यस क्षेत्रको खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारसंग कुरा राख्ने बताएकी थिईन । कार्यक्रममा बक्ताहरुले खानेपानीको समस्या, ग्रामीण सडकको स्तरोन्नति लगायतको कार्यमा पनि पहल गरिदिन रेग्मीलाई आग्रह गरेका थिए । उनीहरुले मध्यावर्ती क्षेत्रको बिकास गरेर पर्यापर्यटनबाट समेत यस क्षेत्रका नागरिकको जिवनस्तर सुधार गर्न सकिने भएको हुनाले त्यसमा पनि भुमिका खेलिदिन आग्रह गरेका थिए ।
कोशि प्रदेश शहरी बिकास मन्त्रालय अन्तर्गतको शहरी बिकास तथा भवन निर्माण कार्यालय बिराटनगरको १५ लाख , बेलका नगरपालिकाको ३ लाख ३२ हजार रुपैया, वडा नम्बर २ को २ लाख र जनश्रमदान १ लाख ७० हजार रुपैयाँ गरी २२ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो । टोल विकास संस्थाको आफ्नै भवन निर्माण भएपछि संस्थाको काम कामकारबाही सहज ढङ्गले संचालन हुने बताएको छ ।
कार्यक्रममा टोलमा रहेमा ज्येष्ठ नागरिकहरु तथा जग्गादाता गोकुल खत्रीलाई सम्मान समेत गरिएको थियो । खत्रीले भवन निमार्णका लागि १० धुर जग्गा प्रदान गरेका थिए । कार्यक्रममा सांसद रेग्मीसगै वडा नम्बर २ का वडा अध्यक्ष प्रेम बहादुर दाहाल , वडा नम्बर १ का वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरी बिभिन्न संघ संस्थाका प्रतिनीधिलगायत स्थानीय टोलबासीको उपस्तिथि रहेको थियो ।
