१७ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
राजाबादीहरुले काठमाडौंमा गरेको हिंसात्मक आन्दोलनको क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिकाका २ जना घाईते भएका छन् । शुक्रवार राजावादीले गरेको हिंसात्मक आन्दोलनलाई तितरवितर गर्ने क्रममा सुरक्षा फौजले चलाएको गोली लागि चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तुलसी खत्रीकी छोरी रेविका खत्री र इन्द्र बहादुर खत्रीका छोरा दिनेश कुमार खत्री घाईते भएका हुन् । रेविकाको अबस्था गम्भिर रहेको छ भने दिनेशलाई सामान्य वार्डमा सारिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनीहरुको मिन भवनस्थित सिविल अस्पतालमा उपचार भै रहेको छ ।

वडा सदस्य तुलसी खत्रीका अनुसार दिदीभाई कामबाट घर फर्कनेक्रममा कोटेश्वरस्थित डेरा अगाडी सुरक्षाकर्मीले चलाएको गोली दिनेशको पाखुरामा लागेर छेडेको र सोही गोलीले बहिनी रेविकाको खुट्टामा लाग्दा उनीहरु घाईते भएका हुन् । हिजो उदयपुरका संघीय सांसद अम्बर रायामाझी , एमाले नेताहरु मन्जु चौधरी, सिताराम अधिकारी, सरोज थापा , चौदण्डीगढी नगरपालिकाका पुर्व नगर प्रमुख खगेन्द्र राइ लगायतले खत्री परिवारलाई भेटेर सान्तवना दिएका थिए । उनीहरुले घाईतेको उचित उपचारका लागि पहल गर्ने आश्वासन दिएको खत्रीको पारिवारिक श्रोतले बताएको छ ।
