२६ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको बेल्टार बजारस्थित सजिलो डिपार्टमेन्ट स्टोरका मालिक युवा ब्यबसायी मिलन थुलुङ्ग राईले बसहास्थित शिवालय मन्दिरमा आकर्षक गणेश भगवानको मुर्ती स्थापना गरेका छन् । आज चौदण्डीगढी नगरपालिका वडा नं.–४ बसहा निवासी थुलुङ्गले पित्रीहरुको सम्झनामा पञ्चाधातुबाट निर्मित १८ इन्च अग्लो र १८ किलो तौल भएको गणेशको मुर्ती मन्दिर परिसरमा स्थापना गरी अनावरण गरेका हुन् । थुलुङ्गले मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मोहन निरौलाको आग्रहमा गणेश भगवानको मुर्ती स्थापना गरिएको बताउदै मुर्तीको घेराबेरा लगायतको काममा पनि आफुले सहयोग गर्ने जानकारी दिएका छन् । गणेश भगवानको मुर्ती स्थापनाले श्रद्धालुको संख्यामा बृद्धी हुने बिश्वास गरिएको छ ।
यस अघि चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा मन्दिर परिसरमा भगवान शिवको मुर्ती स्थापना गरिएको थियो । बसहाको नामाकरण नै बसहा मन्दिरको नामबाट भएको पुराना बासिन्दाले बताउने गरेका छन् ।