मुख्य खबर

बेल्टार बजारको फोहरमैला ब्यबस्थापन अझै अनिश्चित ।

बेल्टार बजारको फोहरमैला ब्यबस्थापन अझै अनिश्चित ।

मुख्य खबर, स्थानीय
२९ फागुन २०८०, सन्तोष कुमार रौनियार… विगत ३ महिनादेखी नउठिरहेको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारको फोहर तत्काल उठने लक्षण देखिएको छैन । गर्मी मौसमको शुरुवात हुदै गएको र बजार क्षेत्रमा जताततै फोहर अब्यबस्थितरुपमा फालिएकोले कुनै पनि बेला संक्रामक रोगको प्रकोप हुने देखिएको छ । नगरको १० वटा वडा मध्ये वडा नम्बर ६ र ७ मा रहेको नगरको प्रशासनिक तथा ब्यापारिक केन्द्र बेल्टार बजारमा जताततै देखिएको फोहरले बजारको सुन्दरतामा हा्रस त पुर्याएको नै छ त्यसमाथी ३ महिनादेखी फोहर नउठ्दा जिम्मेवार निकाय र पदाधिकारीमाथी पनि प्रश्न उठाएको छ । बजारको फोहर ब्यबस्थापनका लागि नगरमा क्रियाशिल दलहरुले बिज्ञप्ती जारी गरेर वडा र नगरको ध्यानाकर्षण गराईसकेका छन् । चौक चौकमा फोहरको बिषयमा छलफल भए पनि यसको ब्यबसथापन हुन सकेको छैन । केही समय पहिले वडा नम्बर ६ को कार्यालय सिर्वानीमा वडा अध्यक्ष अम्बर बहादुर खड्काको ...
बेल्टारमा बजारमा आजदेखी “बेल्टार मिनी महोत्सवको शुरु” ।

बेल्टारमा बजारमा आजदेखी “बेल्टार मिनी महोत्सवको शुरु” ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
२३ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारमा बजारमा आज “बेल्टार मिनी महोत्सवको उद्घाटन गरिएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका छन् । आजबाट सुरु भएको महोत्सव चैत ६ गते सम्म संचालन हुने बेल्टार जिम एण्ड फिटनेसका अध्यक्ष मिलन रिजालले जानकारी दिएका छन् । उनका अनुसार महोत्सव वडा नम्बर ६ स्थित बेल्टार जिम एण्ड फिटनेसको सहयोगार्थ संचालन गरिएको हो । महोत्सव संचालकले फिटनेसलाई ३ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ । यसअघि आईतवार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगरका प्रमुख राजनीतिक दलका प्रमुखहरुको बैठकले विरोधका बिच पनि फागुन २२ गतेदेखी १५ दिनसम्म महोत्सव संचालन गर्न दिने सर्वसम्मत निर्णय गरेको थियो । चैत्र ४ गतेदेखी बिद्यार्थीहरुको बार्षिक ...
त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु ।

त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु ।

देश, मुख्य खबर, स्थानीय
१९ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १० स्थित त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु भएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति तथा चौदण्डीगढी नगरपालिकाकापुर्व मेयर खगेन्द्र राईले आज पुजाआजा गरी बिधिपुर्वक काम सुचारु गराएका छन् । गत महिना माघ ८ गते नेपाली कांग्रेसका वडा सभापति खड्क राउतले पुजाआजा गरी पुलको शिलान्यास गरेका थिए । तर वेल फाउण्डेशनको मेशिनले पुलको पिलरका लागि जग खन्ने क्रममा रुखको ठुला जराहरु भेटिएकोले जग खन्न समस्या भएपछि केही समयदेखी जग खन्ने काम रोकिएको थियो ।   ठेकेदारले पाईलिङ्ग प्रबिधिले पुलको जग खन्ने मेशिन ल्याएपछि आज क्षेत्रिय सभापति खगेन्द्र राईले सो काम सुचारु गराएका हुन् । काम सुचारु गराउदै क्षेत्रिय सभापति राईले नगरको लागि पुल अत्यन्त महत्वको रहेकोले कुनै पनि बाह...
नारद आदर्श मावि बसहाको सुस्त श्रवण बिद्यार्थीहरुको भान्साघर मर्मतमा बेलायती संस्थाको सहयोग ।

नारद आदर्श मावि बसहाको सुस्त श्रवण बिद्यार्थीहरुको भान्साघर मर्मतमा बेलायती संस्थाको सहयोग ।

मुख्य खबर, स्थानीय
११ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा बर्खेडाडास्थित नारद आदर्श माध्यमिक बिद्यालयमा संचालित सुस्त श्रवण तथा बहिरा कक्षामा अध्ययरत बिद्यार्थीहरुको लागि भान्सा घर मर्मत सम्भारमा बेलायतमा रहेको नेपालीहरुको संस्था क्याम्बली नेपाली महिला समाजले आर्थिक सहयोग गरेको छ । क्याम्बली नेपाली महिला समाजको तर्फबाट संस्थाकी अध्यक्ष रहेकी समाजसेवी तथा नारद आदर्श माध्यमिक बिद्यालयका संस्थापक नारदमुनी थुलुङ्गका नातिनी रोजी थुलुङ्ग साम्पाङ्गले आज एक कार्यक्रमको बिच बिद्यालयका प्रधानाध्यपक कविराज तामाङ्गलाई एक लाख रुपैयाँ नगद उपलब्ध गराएकी छिन् । आजै समाजका अध्यक्ष रोजी थुलुङ्ग साम्पाङ्गले भान्साघरको मर्मत कार्यको शुभारम्भ गरेकी छिन् । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी रोजी थुलुङ्ग साम्पाङ्गले गत बर्ष आफुले यस बिद्यालयको भ्रमण गर्दा धेरै आधा...
चौदण्डीगढी नगरपालिकामा सम्पन्न पाँचौं संस्करणको मेयर कप फुटवलको उपाधी वडा नम्बर ६लाई।

चौदण्डीगढी नगरपालिकामा सम्पन्न पाँचौं संस्करणको मेयर कप फुटवलको उपाधी वडा नम्बर ६लाई।

खेलकुद, मुख्य खबर, स्थानीय
९ फागुन २०८०, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ६ सिर्वानीले जितेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर ३ आमसाललाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधी कब्जा गरेको हो । उपाधीसंगै वडा नम्बर ६ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उप विजेतामो चित्त बुझाएको वडा नम्बर ३ ले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्दै वडा नम्बर २ का सचिन खड्काले उच्च गोलकर्ताको उपाधी प्राप्त गरेका थिए । खड्काले प्रतियोगितामा ४ गोल गरेका थिए । यस्तै वडा नम्बर ६ का लवकुश मगरले उत्कृष्ट गोलरक्षक, वडा नम्बर २ कै कुशल मगरले उदयमान खेलाडी ,त...
मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी फाईनलमा प्रबेश ।

मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ६ सिर्वानी फाईनलमा प्रबेश ।

खेलकुद, मुख्य खबर, स्थानीय
७ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको दोश्रो सेमिफाईनल खेलमा वडा नम्बर २ झोडापाटालाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ सिर्वानी फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको पहिलो हापको ४ं मिनेटमै वडा नम्बर ६ सिर्वानीका जर्सी नम्बर ८ का अनिल राईाले गोल गर्दै सिर्वानीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको झोडापाटाले दोश्रो हाफमा पनि राम्रो प्रदर्शन गर्न सकेन । दोश्रो हाफको ३ं मिनेटमै सिर्वानीका जर्सी नम्बर ७ का अनिस बस्नेतले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । निर्धारित समयमा त्यसपछि दुबैतर्फबाट थप गोल हुन नसकेपछि समग्रमा सिर्वानीले आजको खेल २–० गोल अन्तरले जित्दै फाईनलमा प्रबेश गरेको खेलका रेफ्री अमर रा...
मेयर कप फुटवल प्रतियोगिताः वडा नम्बर २ झोडापाटा सेमिफाईनलमा प्रबेश ।

मेयर कप फुटवल प्रतियोगिताः वडा नम्बर २ झोडापाटा सेमिफाईनलमा प्रबेश ।

खेलकुद, मुख्य खबर, स्थानीय
६ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर २ झोडापाटाले वडा नम्बर ४ बसहा बर्खेडाडालाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको पहिलो हापको १४ औं मिनेटमा वडा नम्बर २ झोडापाटाका जर्सी नम्बर १० का सचिन खड्काले गोल गर्दै झोडापाटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको बसहाले दोश्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै खेलको ३१ औं मिनेटमा गोल फर्काउदै खेल बराबारीमा ल्याएको थियो । बसहाका जर्सी नम्बर ८ का निश्चिल राईले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक रहेको खेलको ६८ औं मिनेटमा झोडापाटाका लागि करण बिकले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । निर्धारित समयमा त्यसपछि दुबैतर्फबाट थप गोल ह...
वडा नम्बर ३ आमसाल चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको फाईनलमा प्रबेश ।

वडा नम्बर ३ आमसाल चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको फाईनलमा प्रबेश ।

खेलकुद, मुख्य खबर, स्थानीय
६ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो सेमिफाईनल खेलमा ट्राईब्रेकरमा वडा नम्बर १० हडियालाई ४–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ आमसाल फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हिजो भएको खेलको पहिलो हापको १५ औं मिनेटमा वडा नम्बर १० हडियाका जर्सी नम्बर ११ का विनोद केशीले गोल गर्दै हडियालाई अग्रता दिलाएका थिए । पहिलो हापमा एक गोलले पछि परेको आमसालले दोश्रो हापमा सुधारिएको प्रदर्शन गर्दै खेल बराबारीमाल्याएको थियो । आमसालका जर्सी नम्बर ७ का निलम राईले खेलको ६३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा दुबै टिमले थप गोल गर्न नसकेपछि खेलको नतिजा ट्राईब्रेकरको माध्यमबाट निर्धारण गरिएको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् । ट...
मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध ।

मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध ।

खेलकुद, मुख्य खबर, स्थानीय
५ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध भएको छ । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा वडा नम्बर २ झोडापाटाले वडा नम्बर ७ बेल्टारलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हिजो भएको खेलमा सचिन खड्काको हयाट्रिकको मदतमा झोडापाटाले बेल्टारलाई पराजित गरेको छ । खेलको पहिलो हापमा झोडापाटाले ३–० को अग्रता लिएको थियो । खेलको २९ औं मिनेटमा झोडापाटाका जर्सी नम्बर १७ का निश्चल खत्रीले गोल गर्दै वडा नम्बर २ लाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट पछि नै खेलको ३२ औं मिनेटमा झोडापाटाका जर्सी नम्बरका १० का सचिन खड्काले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए भने १ मिनेट पछि नै थप अर्को गोल गर्दै सचिनले टिमको स्कोर ३–० बनाएका थिए । पहिलो ...
ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई पराजित गर्दै वडा नम्बर १० हडिया विजयी ।

ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई पराजित गर्दै वडा नम्बर १० हडिया विजयी ।

खेलकुद, मुख्य खबर, स्थानीय
३ फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १० हडियाले ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई ५–३ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेक्ररको माध्यमबाट निर्धारण गरिएको थियो । जसमा ५–३ गोल अन्तरको नतिजा निकाल्दै वडा नम्बर १० हडिया विजयी हुदै दोश्रो चरणमा प्रबेश गरेको छ । खेलको पहिलो हापसम्म दुवै टिमले गोल गर्न सकेका थिएनन् भने दोश्रो हापमा खेलको ४६ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १–० ले पछि परेपछि आक्रमक खेल खेलेको सिद्धिपुरले खेलको ६० औं मिनेटमा गोल फर्काउ...