मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध ।

५ फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगितामा झोडापाटासंग बेल्टार स्तब्ध भएको छ । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा वडा नम्बर २ झोडापाटाले वडा नम्बर ७ बेल्टारलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हिजो भएको खेलमा सचिन खड्काको हयाट्रिकको मदतमा झोडापाटाले बेल्टारलाई पराजित गरेको छ ।

खेलको पहिलो हापमा झोडापाटाले ३–० को अग्रता लिएको थियो । खेलको २९ औं मिनेटमा झोडापाटाका जर्सी नम्बर १७ का निश्चल खत्रीले गोल गर्दै वडा नम्बर २ लाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट पछि नै खेलको ३२ औं मिनेटमा झोडापाटाका जर्सी नम्बरका १० का सचिन खड्काले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए भने १ मिनेट पछि नै थप अर्को गोल गर्दै सचिनले टिमको स्कोर ३–० बनाएका थिए । पहिलो हाप ३–० ले पछि परेको बेल्टारले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४३ औं मिनेटमा जर्सी नम्बर १४ का बिश्वास राईले गोल गर्दै बेल्टारका लागि पहिलो गोल गरेका थिए । तर खेलको ५६ औं मिनेटमा झोडापाटाका जर्सी नम्बरका १० का सचिन खड्काले थप एक गोल गर्दै आफ्नो हयाट्रिक पुरा गरेका थिए । खेलको ६० औं मिनेटमा गौतम राई र ७९ औं मिनेटमा मिलन राईले बेल्टारका लागि गोल गरेपनि टिमको हार टार्न सकेनन् । समग्रमा हिजोको खेल वडा नम्बर २ झोडापाटाले ४–३ गोल अन्तरले जित्दै दोश्रो चरणमा प्रबेश गरेको छ ।

हिजोको खेलको म्यान अफ दि म्याच पनि वडा नम्बर २ का जर्सी नम्बरका १० का सचिन खड्का घोषित भएका थिए भने उनलाई वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईले नगद एक हजार रुपैयाँ र मेडलसहित पुरुस्कृत गरेका थिए ।