११ फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा बर्खेडाडास्थित नारद आदर्श माध्यमिक बिद्यालयमा संचालित सुस्त श्रवण तथा बहिरा कक्षामा अध्ययरत बिद्यार्थीहरुको लागि भान्सा घर मर्मत सम्भारमा बेलायतमा रहेको नेपालीहरुको संस्था क्याम्बली नेपाली महिला समाजले आर्थिक सहयोग गरेको छ । क्याम्बली नेपाली महिला समाजको तर्फबाट संस्थाकी अध्यक्ष रहेकी समाजसेवी तथा नारद आदर्श माध्यमिक बिद्यालयका संस्थापक नारदमुनी थुलुङ्गका नातिनी रोजी थुलुङ्ग साम्पाङ्गले आज एक कार्यक्रमको बिच बिद्यालयका प्रधानाध्यपक कविराज तामाङ्गलाई एक लाख रुपैयाँ नगद उपलब्ध गराएकी छिन् । आजै समाजका अध्यक्ष रोजी थुलुङ्ग साम्पाङ्गले भान्साघरको मर्मत कार्यको शुभारम्भ गरेकी छिन् । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी रोजी थुलुङ्ग साम्पाङ्गले गत बर्ष आफुले यस बिद्यालयको भ्रमण गर्दा धेरै आधारभुत कुराहरुको अभाव रहेको देखेको स्मरण गर्दै आफुहरुको संस्थाले बेलायतमा देउसीभैलो खेलेर जम्मा गरेको रकमबाट सहयोग गरेको बताएका छिन् ।
उनले यसअघि गत बर्ष जाजरकोटमा गएको भुकम्पपीडितहरुलाई पनि सहयोग गरेको बताउदै यस प्रकारको सहयोगहरु आफ्नो ठाँउमा गर्न पाउँदा हर्षित भएको बताएकी छिन् । संस्थाले बिद्यालयमा अध्ययनरत गरिव बिद्यार्थीहरुका लागि पेन्सिल लगायतको स्टेशनरी सामाग्री पनि प्रदान गरेको थियो । बिद्यालयमा १० जना सुस्त श्रवण तथा बहिरा बालबालिकाहरुले अध्ययन गरिरहेका छन् ।
वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईको प्रमुख आथ्तियतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गौतम राई, बिद्यालयका शिक्षक, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । यस्तै नारदमुनी थुलुङ्गका कान्छी नातिनी जिना थुलुङ्ग र ज्वाई केनिथले बसहा बर्खेडाडास्थित नारद आदर्श शिक्षा क्याम्पसको पुस्तकालय ब्यबस्थापनका लागि एक लाख रुपैयाँ सहयोग गरेको क्याम्पसका पुर्व क्याम्पस प्रमुख ध्रुवराज राईले जानकारी दिएका छन् ।



