७ फागुन २०८०, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको दोश्रो सेमिफाईनल खेलमा वडा नम्बर २ झोडापाटालाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ सिर्वानी फाईनलमा प्रबेश गरेको छ ।
वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको पहिलो हापको ४ं मिनेटमै वडा नम्बर ६ सिर्वानीका जर्सी नम्बर ८ का अनिल राईाले गोल गर्दै सिर्वानीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको झोडापाटाले दोश्रो हाफमा पनि राम्रो प्रदर्शन गर्न सकेन । दोश्रो हाफको ३ं मिनेटमै सिर्वानीका जर्सी नम्बर ७ का अनिस बस्नेतले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । निर्धारित समयमा त्यसपछि दुबैतर्फबाट थप गोल हुन नसकेपछि समग्रमा सिर्वानीले आजको खेल २–० गोल अन्तरले जित्दै फाईनलमा प्रबेश गरेको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् ।
फागुन ९ गते हुने फाईनल खेलमा वडा नम्बर ६ सिर्वानीले अब वडा नम्बर ३ आमसालको सामना गर्नेछ । आजको खेलको म्यान अफ दि म्याच वडा नम्बर ६ का जर्सी नम्बर ७ का अनिस बस्नेत घोषित भएका थिए । उनलाई स–शस्त्र प्रहरी क्याम्प बेल्टारका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र काजी निरौलाले नगद एक हजार रुपैयाँ र मेडलसहित पुरुस्कृत गरेका थिए ।