७ फागुन २०८०, सन्तोष कुमार रौनियार…

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर मनाएको छ । आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगरमा क्रियाशिल राजनीतिक दलका प्रतिनीधि, सामाजिक अगुवा, पत्रकार, संचारकर्मी लगायतलाई बोलाएर नगरपालिकाले शुभकामना आदनप्रदान गरेको हो । शुभकामना कार्यक्रममा उपस्थित नेताहरुले शुभकामना आदनप्रदान गर्नुको साथै नगरमा देखिएको समस्याहरुको समाधानको बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा शुभकामना दिदै नगरमा क्रियाशिल राप्रपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा लगायतका पार्टीका प्रतिनीधीहरुले नगरको समस्याप्रति ध्यानाकर्षण गराउदै जनप्रतिनिधिहरुको आचरणका कारण प्रजातन्त्र नखोसियोस भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्नुपर्ने बताएका थिए । नेपाली कांग्रेस चौदण्डीगढी नगर समितिका सभापति राजेन्द्र पौडेलले जनप्रतिनिधि शासक नभएर सेवक भएकोले जनताको सेवामा लाग्न आग्रह गर्दै यस किसिमका कार्यक्रमहरु बन्द कोठामा भन्दा पनि सबै जनताको सहभागिता हुनेगरी मनाउनपर्ने धारणा राखेका थिए ।
यस्तै पुर्व मेयर खगेन्द्र राईले प्रजातन्त्रले अधिकार टोलटोलसम्म पुगेको बताउदै संबिधानले अधिकारहरु उपभोक्ता र टोल बिकास समितिलाई दिएकोले बिकास निमार्णदेखी सबै खाले आबश्यक योजना त्यहीबाट छनौट गर्न सकिन बताएका थिए । उनले प्रजातन्त्रले बहुमत प्रणाली र अधिकार २ वटा मुख्य कुरा दिएको बताउदै स्वार्थका कारण यसको दूरुपयोग भैरहेको धाराणा राखेका थिए । उनले स्थानीय सरकार आफैमा एउटा छुट्टै सरकार भएकाले नगरको समस्याहरु समाधान गर्न नगरपालिका अग्रसर हुनुपर्ने बताउदै सिवाई बेल्हा जोड्ने त्रियुगा नदीको भत्केको पुल संचालनका लागि नगरपालिकाले पहल गर्नुपर्ने जनाएका थिए ।
एता नगर प्रमुख कालुमान लामाले प्रजातन्त्रको नाममा जिम्मेवारी बिनाको अधिकारले केही नकारात्मक्ता थपिएको आभास भएको बताएदै ब्यबस्था भित्रको कमी कमजोरीलाई सुधार गरेर लैजानुपर्ने बताएका थिए । उनले नगरमा क्रियाशिल दलहरुबीच सहकार्य, समझदारीको आबस्यक्तामा जोड दिदै कानुन र विधि बिधानले मिल्नेसम्मको सल्लाह सुझाव ग्रहण गर्ने प्रतिबद्धता जनाएका थिए । नगर प्रमुख लामाले सबै बिषयमा मिल्न नसक्ने भएपनि एजेन्डामा सहकार्य गरेर अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए।



