वडा नम्बर ३ आमसाल चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको फाईनलमा प्रबेश ।

६ फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो सेमिफाईनल खेलमा ट्राईब्रेकरमा वडा नम्बर १० हडियालाई ४–२ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ आमसाल फाईनलमा प्रबेश गरेको छ ।

वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा हिजो भएको खेलको पहिलो हापको १५ औं मिनेटमा वडा नम्बर १० हडियाका जर्सी नम्बर ११ का विनोद केशीले गोल गर्दै हडियालाई अग्रता दिलाएका थिए । पहिलो हापमा एक गोलले पछि परेको आमसालले दोश्रो हापमा सुधारिएको प्रदर्शन गर्दै खेल बराबारीमाल्याएको थियो । आमसालका जर्सी नम्बर ७ का निलम राईले खेलको ६३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा दुबै टिमले थप गोल गर्न नसकेपछि खेलको नतिजा ट्राईब्रेकरको माध्यमबाट निर्धारण गरिएको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् । ट्राईब्रेकरमा आमसालले ४–२ को नतिजा निकाल्दै फाईनलमा प्रबेश गरेको छ ।

हिजोको खेलको म्यान अफ दि म्याच वडा नम्बर ३ आमसालका गोल रक्षक जर्सी नम्बर १ का किरण राई घोषित भएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश पुनले नगद एक हजार रुपैयाँ र मेडलसहित पुरुस्कृत गरेका थिए । आजको खेल वडा नम्बर २ झोडापाटा र वडा नम्बर ४ बसहा बर्खेडाँडाबीच हुने आयोजकले जानकारी दिएको छ ।