ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई पराजित गर्दै वडा नम्बर १० हडिया विजयी ।
३ फागुन २०८०, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १० हडियाले ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई ५–३ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेक्ररको माध्यमबाट निर्धारण गरिएको थियो । जसमा ५–३ गोल अन्तरको नतिजा निकाल्दै वडा नम्बर १० हडिया विजयी हुदै दोश्रो चरणमा प्रबेश गरेको छ ।
खेलको पहिलो हापसम्म दुवै टिमले गोल गर्न सकेका थिएनन् भने दोश्रो हापमा खेलको ४६ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १–० ले पछि परेपछि आक्रमक खेल खेलेको सिद्धिपुरले खेलको ६० औं मिनेटमा गोल फर्काउ...









