कोशी प्रदेश स्तरीय छनौटमा चौदण्डीगढी नगरपालिकाका ३ जना खेलाडी छनौट हुन सफल ।

८ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

१६ बर्ष मुनीका साफ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता SAFF U-16 Women’s Championship 2024 को कोशी प्रदेश स्तरीय छनौटमा उदयपुरको चौदण्डीगढी नगरपालिकाका ३ जना खेलाडी छनौट हुन सफल भएका छन् । गत पुष ७ गते भएको जिल्ला छनौट र शनिवार भएको कोशी प्रदेश स्तरीय छनौटमा सिर्वानी फूटबल क्लबका आकृती राई, सोनिका खड्का र पम्फा घिमिरे (परिस्ता ) छनौट हुन सफल भएको कोशी प्रदेश फुटवल संघले जनाएको छ । उनीहरुको माघ ९ गते, भोली काठमाडौंमा केन्द्रिय छनौट हुने जनाइएको छ । कोशी प्रदेश छनौटमा उदयपुर,सुनसरी र इलामबाट ३/३ जना मोरङ्गबाट ६ जना, त्यस्तै पाँचथर र झापाबाट ४/४ जनागरी जम्मा २३ जना छनौट हुन सफल भएका छन् ।
मार्च २०२४ को १ तारिखबाट काठमाडौंमा हुने प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारतका १६ बर्षमुनीका महिला खेलाडीहरुको सहभागिता रहनेछ । नेपालको पहिलो खेल मार्च २ तारिखमा बंगलादेशबिरुद्ध रहेको छ । खेल राउण्ड रोविन लिगका आधारमा खेलाईने छ । यसैबिच चौदण्डीगढी नगर खेलकुद बिकास समितिका सदस्य सचिव अनुपराज खत्रीका अनुसार समितिले छनौट भएका नगरका खेलाडीहरुको मनोवल वृद्धि गर्नका लागि सहयोग गर्ने बताएका छन् । समितिले उनिहरुलाई काठमाडौ जाने आउने खर्चको ब्यबस्था गर्ने खत्रीले जनाएका छन् ।