SAFF U-16 Women’s Championship 2024 मा उदयपुरको चौदण्डीगढी नगरपालिकाका २ जना खेलाडी छनौट हुन सफल ।

१२ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

१६ बर्ष मुनीका साफ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता २०२४ को केन्दीय छनौटमा उदयपुरको चौदण्डीगढी नगरपालिकाका २ जना खेलाडी छनौट हुन सफल भएका छन् । गत पुष ७ गते भएको जिल्ला छनौट र माघ ६ भएको कोशी प्रदेश स्तरीय छनौटमा सिर्वानी फूटबल क्लबका आकृती राई, सोनिका खड्का र पम्फा घिमिरे (परिस्ता ) छनौट हुन सफल भएकोमा काठमाडौंमा माघ ९ गतेदेखी भएको केन्द्रिय छनौटबाट आकृती राई र सोनिका खड्का छनौट हुन सफल भएका हुन् । पम्फा घिमिरे (परिस्ता ) भने छनौट हुन सकिनन् । आकृती डिफेन्डर र सोनिका मिडफिल्डरमा छनौट भएकी हुन् ।
मार्च २०२४ को १ तारिखबाट काठमाडौंमा हुने प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारतका १६ बर्षमुनीका महिला खेलाडीहरुको सहभागिता रहनेछ । नेपालको पहिलो खेल मार्च २ तारिखमा बंगलादेशबिरुद्ध रहेको छ । खेल राउण्ड रोविन लिगका आधारमा खेलाईने छ ।