देश

सिवाई र बेल्हा जोड्ने भत्केको पुलसम्म पहुँच मार्ग निमार्णमा चौदण्डीगढी नगरपालिकाले आफै अग्रसरता लिने ।

सिवाई र बेल्हा जोड्ने भत्केको पुलसम्म पहुँच मार्ग निमार्णमा चौदण्डीगढी नगरपालिकाले आफै अग्रसरता लिने ।

देश, लाइभ खबर, स्थानीय
२० फागुन २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीस्थित सिवाई र बेल्हा जोड्ने भत्केको पुलसम्म पहुँच मार्ग निमार्णमा नगरपालिकाले आफै अग्रसरता लिने भएको छ । बेल्टार बजारस्थित नगर प्रमुख कालुमान लामाको कार्य कक्षमा लामाको अध्यक्षतामा बसेको वडा अध्यक्षहरु, पुर्व जनप्रतिनीधि ,नगरमा क्रियाशिल राजनीतिक दलका प्रमुख र केही अगुवा सामाजिक ब्यक्तिहरुको उपस्थितीमा बैठकले केही बर्षदेखी सिवाई बेल्हा जोड्ने त्रियुगा नदीको भत्केको पुलको सन्दर्भमा संघीय सरकार र सरोकारवाला निकायमा वारम्वार डेलिकेशन जाँदा पनि कुनै निकायले चासो नदिदा नगरको ठुलो बस्तीमा बर्षायाममा अति नै कठिनाई भएको र बारम्बार स्थानीय सरकारमा जनताहरुको समुह डेलिकेशन आईरहेको जनाउदै यस बिषयमा नगरपालिकाले एक पल्ट लिखितरुपमा संघिय मन्त्रालयमा पुल निमार्णको लागि अनुरोध गर्ने निर्णय गरेको छ । साथै यदी स...
त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु ।

त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु ।

देश, मुख्य खबर, स्थानीय
१९ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १० स्थित त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु भएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति तथा चौदण्डीगढी नगरपालिकाकापुर्व मेयर खगेन्द्र राईले आज पुजाआजा गरी बिधिपुर्वक काम सुचारु गराएका छन् । गत महिना माघ ८ गते नेपाली कांग्रेसका वडा सभापति खड्क राउतले पुजाआजा गरी पुलको शिलान्यास गरेका थिए । तर वेल फाउण्डेशनको मेशिनले पुलको पिलरका लागि जग खन्ने क्रममा रुखको ठुला जराहरु भेटिएकोले जग खन्न समस्या भएपछि केही समयदेखी जग खन्ने काम रोकिएको थियो ।   ठेकेदारले पाईलिङ्ग प्रबिधिले पुलको जग खन्ने मेशिन ल्याएपछि आज क्षेत्रिय सभापति खगेन्द्र राईले सो काम सुचारु गराएका हुन् । काम सुचारु गराउदै क्षेत्रिय सभापति राईले नगरको लागि पुल अत्यन्त महत्वको रहेकोले कुनै पनि बाह...
चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने ।

चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने ।

देश, मुख्य खबर, स्थानीय
२० पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । हिजो चौदण्डीगढी नगरपालिकाको सभाहलमा नगर प्रमुख कालुमान लामाको अध्यक्षता तथा कोशी प्रदेशका सांसद राजन किरातीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त कोशी प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन निर्देशिका, २०७६ र सो निर्देशिका बमोजिम सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेसन नेपालका बीच २०७६ असोज ०८ गते भएको सम्झौता बमोजिम सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, र सम्झौता हस्ताक्षर...
निर्वाचनका बेला घात, अन्तर्घात नगर्ने प्रण गर्ने हो भने गठबन्धन आबश्यक छैनः डा. नारायण खड्का

निर्वाचनका बेला घात, अन्तर्घात नगर्ने प्रण गर्ने हो भने गठबन्धन आबश्यक छैनः डा. नारायण खड्का

देश, मुख्य खबर, स्थानीय
३  पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रिय सम्मेलन हिजो उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा सम्पन्न भएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ क्षेत्रिय कार्यालयको आयोजनामा १४ औं अधिबेशन पछिको प्रथम क्षेत्रिय सम्मेलन हिजो सम्पन्न भएको हो । उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय साँसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । क्षेत्रिय सभापति खगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले पार्टीभित्रको गुट उपगुट तथा गठबन्धनका बिषयमा आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. खड्काले निर्वाचनका वेला घात, अन्तर्घात नगर्ने प्रण गर्ने हो भने गठबन्धन आबश्यक नभएको बताएका छन् । उनले पार्टीको बिधानकै कारण ...
नेकपा एमालेको ओखलढुंगाको हर्कपुरमा मंसिर २६ गते हुने जनसभामा उदयपुरबाट ३ हजार सहभागी हुने ।

नेकपा एमालेको ओखलढुंगाको हर्कपुरमा मंसिर २६ गते हुने जनसभामा उदयपुरबाट ३ हजार सहभागी हुने ।

देश, लाइभ खबर, स्थानीय
१७ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा, २०८० अन्तर्गत मंसिर २६ गते ओखलढुंगाको हर्कपुरमा विशाल कार्यक्रम गर्ने तयारी गरेको छ । शुक्रवार उदयपुरको घुर्र्मीमा पार्टी स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकले हर्कपुरमा विशाल जनसभा गर्ने निर्णय गरेकोे हो । बैठकमा पोलिटव्यूरो सदस्य विशाल भट्टराई, नेताहरु यज्ञराज सुनुवार, अम्बिका थापा लगायतका केन्द्रीय नेताहरु र कोशी प्रदेशवाट प्रतिनीधित्व गर्ने स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु यस्तै उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बूका जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बैठकले सिन्धुली,उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने हर्कपुरमा खोटाङ, सिन्धुली, सोलखुम्बू , उदयपुर लगायतका जिल्लाब...
विकास निमार्णका कामहरुमा सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा प्रदेश सांसद राजन किराँतीको जोड ।

विकास निमार्णका कामहरुमा सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा प्रदेश सांसद राजन किराँतीको जोड ।

देश, मुख्य खबर, स्थानीय
३ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर नेकपा माआवादी केन्द्र चौदण्डीगढी नगर कमिटीले दशै, तिहार, नेपाल सम्बत, छठ पर्व तथा उधौली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बेल्टार बजारस्थित उद्योग बाणिज्य संघको सभाहलमा आज बिहान भएको कार्यक्रममा सहभागीहरुले तडकभडक भन्दा पनि सभ्य हिसावले विकृती बिसंगती नभित्रिने गरी चाडपर्व मनाउनु पर्ने धारणा राखेका थिए । नगरमा क्रियाशिल सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवि, संचारकर्मी, पत्रकार लगायतलाई बोलाइएको कार्यक्रममा वक्ताहरुले स्थानीय तहमा सुसाशन र समृद्धी एव्म बिकासका लागि सहकार्यमा जोड दिदै मिलेर काम गर्नुपर्नेमा बताएका थिए । उनीहरुले चाडपर्व खुशी साट्ने माध्यम भएकाले कुनै जाती बिषेशको भन्दा पनि सबै समुदायले मिलेर मनाउनु पर्ने बताउदै सबै समुदायको चाडपर्वलाई सम्मानको दृष्टीले हेर्नुपर्ने आबश्यकता रहेको बताए थिए । क...
ईलाका प्रशासन कार्यालय बेल्टारमा स्थापनाका निम्ति सिफारिसका लागि बजारबासीको नगर प्रमुख लामालाई समक्ष आग्रह ।

ईलाका प्रशासन कार्यालय बेल्टारमा स्थापनाका निम्ति सिफारिसका लागि बजारबासीको नगर प्रमुख लामालाई समक्ष आग्रह ।

देश, लाइभ खबर, स्थानीय
१ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर गत असोज १९ गते उदयपुरको चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका नगर प्रमुखबीच भएको दुबै पालिकालाई पायक पर्ने गरी चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ बर्षेडाँडामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सम्बन्धित निकायमा माग गर्ने निर्णय गरिएपछि चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारका उद्योगी, ब्यापारी, ब्यबसायीहरुमा तरंग पैदा भएको छ । उनीहरुले यस निर्णय प्रति असन्तुष्टी जनाउदै आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामालाई भेटेर ईलाका प्रशासन कार्यालय बेल्टारमा स्थापनाका निम्ति सिफारिसका साथै सहजिकरण गरिदिन माग गरेका छन् । बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुनको नेतृत्वमा बेल्टार बजारका पुराना ब्यापारी, समाजसेवी, बुद्धिजीवि लगायतको टोलीले नगर प्रमुख लामालाई भेटेर ज्ञापन पत्र बुझाउदै संघले गरेको पहलकदमीमा साथ दिन आग्रह ग...
जिप्रका उदयपुरको आयोजनामा चौदण्डीगढी नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।

जिप्रका उदयपुरको आयोजनामा चौदण्डीगढी नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।

देश, मुख्य खबर, स्थानीय
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा आज चौदण्डीगढी नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथित्वमा भएको कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नागरिक अगुवा, समाजसेवी, राजनीतिक दलका प्रतिनीधि, संचरकर्मी, पत्रकार, ब्यापारी, ब्यबसायी, बुद्धिजीवी लगायत सरोकारवालाहरुको उपस्थितीमा नगरको शान्ति सुरक्षाको बिषयमा छलफल भएको थियो । उदयपुरका प्रहरी नायव उपरिक्षक डिएस्पी हरिनन्द चौधरीले उदयपुर प्रहरीले गरेको कामहरुको बारेमा जानकारी गराएका थिए । यस्तै नगरका रहेको शान्ति सुरक्षाको अबस्था, प्रहरीको भुमिका, लागु औषधको बढ्दो संजाल, सडक दुर्घटनाको न्युनिकरण आदीको बारेमा सहभागीहरुले प्रश्न उठाएका थिए । छलफलमा उठेको प्रश्नहरुको जवाफ दिदै प्रहरी उपरिक्षक रमेश थापाले जिल्लामा प्रहरीको संख्या कम रहेको, एक जना प्रहरीले झण्डै ६ सय २० जनालाई सुरक्षा...
संघीय निजामती ऐनमा  असन्तुष्टि जनाउँदै चौदण्डीगढी नगरपालिकाका निजामति कर्मचारीहरु पनि आन्दोलित ।

संघीय निजामती ऐनमा असन्तुष्टि जनाउँदै चौदण्डीगढी नगरपालिकाका निजामति कर्मचारीहरु पनि आन्दोलित ।

देश, मुख्य खबर, स्थानीय
सन्तोष कुमार रौनियार २२ असोज २०८०, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाका निजामति कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय निजामती ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग समाबेश गरि तत्काल ऐन जारी गर्न दवाव दिने स्थानीय तह केन्द्रीय संघर्ष समितिद्वारा जारी दवावमुलक कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि ज्ञापनपत्र बुझाउदै आन्दोलित भएका हुन् । उनीहरुले नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा अत्याबश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने निर्णय भएकोले सोही अनुसार यहाँ पनि आन्दोलनका कार्यक्रम गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिका अध्यक्ष पुष्पराज सापकोटा र सचिव बालकृष्ण आचार्यसहित कर्मचारीको समुहले आज प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेललाई ज्ञापनपत्र बुझाउदै पेन डाउन गर्ने निर्णय भएको जानकारी गराएका थिए । प्रतिउत्तरमा प्रमुख प्रशासकिय...
कर्मचारीलाई जागिरबाट हटाएको बिषयमा बुझन खोज्दा चौदण्डीगढी नगरपालिकामा झडप ।

कर्मचारीलाई जागिरबाट हटाएको बिषयमा बुझन खोज्दा चौदण्डीगढी नगरपालिकामा झडप ।

देश, लाइभ खबर, स्थानीय
सन्तोष कुमार रौनियार २१ असोज,बेल्टार, उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकामा आधारभुत नगर अस्पताल बेल्टारमा कार्यरत दुई जना ज्यालादारीका कर्मचारीलाई नगरपालिकाले कामबाट हटाएको बिषयमा झडप भएको छ । कामबाट हटाइएकी ल्याव असिस्टेन्ट हेमा बन्जरा र कम्प्युटर अपरेटर रचना राईका आफन्तसहित आएको झण्डै ५०–६० जनाको समुहसंग सुरक्षाकर्मीको झडप भएको हो । नगर प्रमुखसंग भेटेर कुरा गर्न आएका उनीहरुले आफुहरु दुई जना कर्मचारीलाई कामबाट किन निकालिएको हो भन्ने बिषयमा नगर प्रमुख कालुमान लामासंग कुरा गर्न आएको भएता पनि लामाले भेट नदिएको र प्रश्नको जवाफ पनि नदिई सुरक्षाकर्मी परिचालन गरेर दबाउन खोजेको बताएका छन् । कम्प्युटर अपरेटर रचना राईका पति बुद्ध सुप्तिहाङ्ग राईका अनुसार आफुले सामाजिक कार्य गर्ने गरेको र यसैक्रममा गत बर्ष बेल्टार बजारस्थित द्वारखोलबाट गिट्टी उत्खन्न गर्न नदिएको प्रतिसोधमा आफ्नो पत्नीलाई अन्याय...