विकास निमार्णका कामहरुमा सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा प्रदेश सांसद राजन किराँतीको जोड ।

३ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

नेकपा माआवादी केन्द्र चौदण्डीगढी नगर कमिटीले दशै, तिहार, नेपाल सम्बत, छठ पर्व तथा उधौली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बेल्टार बजारस्थित उद्योग बाणिज्य संघको सभाहलमा आज बिहान भएको कार्यक्रममा सहभागीहरुले तडकभडक भन्दा पनि सभ्य हिसावले विकृती बिसंगती नभित्रिने गरी चाडपर्व मनाउनु पर्ने धारणा राखेका थिए । नगरमा क्रियाशिल सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवि, संचारकर्मी, पत्रकार लगायतलाई बोलाइएको कार्यक्रममा वक्ताहरुले स्थानीय तहमा सुसाशन र समृद्धी एव्म बिकासका लागि सहकार्यमा जोड दिदै मिलेर काम गर्नुपर्नेमा बताएका थिए । उनीहरुले चाडपर्व खुशी साट्ने माध्यम भएकाले कुनै जाती बिषेशको भन्दा पनि सबै समुदायले मिलेर मनाउनु पर्ने बताउदै सबै समुदायको चाडपर्वलाई सम्मानको दृष्टीले हेर्नुपर्ने आबश्यकता रहेको बताए थिए । कार्यक्रममा शुभकामना दिदै प्रदेश सांसद राजन किराँती बासुले अहिले देशमा जातीय र धार्मिक द्धन्द निमत्याउन खोजिएकोले सबै जना सचेत रहनुपर्ने बताएका थिए । सांसद किराँतीले विकास निमार्णका कामहरुमा सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिदै चौदण्डीगढी र वेलका नगरपालिकाले त्यसलाई सकरात्मकरुपमा लिएर काम नगरेकोमा गुनासो ब्यक्त गरेका थिए । उनले अहिले अध्यादेशबाट आएको कोशी प्रदेशको बजेटमा आफुले पेश गरेको योजना एउटै पनि पर्न नसकेको जानकारी दिदै विकास निमार्णका योजना माग गर्दै स्थानीय सरकारका प्रतिनीधि, प्रदेश र संघीय सरकारले सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिएका थिए । नगर अध्यक्ष दिनेश राईको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य मणि खम्बुको प्रमुख आतिथियतामा भएको कार्यक्रममा नेकपा एमालेका चौदण्डीगढी नगर उपाध्यक्ष कृष्ण खत्री, राप्रपाका नेता मिलन रोका , नेकपा एकिकृत समाजवादी नगर अध्यक्ष बिशन बिष्ट , बेल्टारबसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन लगायत माओवादी केन्द्रमा नेताहरुले शुभकामना दिएका थिए ।