२० फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीस्थित सिवाई र बेल्हा जोड्ने भत्केको पुलसम्म पहुँच मार्ग निमार्णमा नगरपालिकाले आफै अग्रसरता लिने भएको छ । बेल्टार बजारस्थित नगर प्रमुख कालुमान लामाको कार्य कक्षमा लामाको अध्यक्षतामा बसेको वडा अध्यक्षहरु, पुर्व जनप्रतिनीधि ,नगरमा क्रियाशिल राजनीतिक दलका प्रमुख र केही अगुवा सामाजिक ब्यक्तिहरुको उपस्थितीमा बैठकले केही बर्षदेखी सिवाई बेल्हा जोड्ने त्रियुगा नदीको भत्केको पुलको सन्दर्भमा संघीय सरकार र सरोकारवाला निकायमा वारम्वार डेलिकेशन जाँदा पनि कुनै निकायले चासो नदिदा नगरको ठुलो बस्तीमा बर्षायाममा अति नै कठिनाई भएको र बारम्बार स्थानीय सरकारमा जनताहरुको समुह डेलिकेशन आईरहेको जनाउदै यस बिषयमा नगरपालिकाले एक पल्ट लिखितरुपमा संघिय मन्त्रालयमा पुल निमार्णको लागि अनुरोध गर्ने निर्णय गरेको छ । साथै यदी संघीय सरकारले पुल निमार्ण गर्न नसक्ने भनी लिखित रुपमा स्थानीय सरकारलाई पहुँच मार्ग बनाउदा हुन्छ भन्ने आशयको प्रतिउत्तर दिएमा स्थानीय सरकारले आफ्नो गच्छे अनसारको पहुँच मार्ग बनाउन तयार रहेको जनाएको छ ।
बैठकले नगरपालिकाको प्राबिधिक शाखाले स्टिमेट बनाएर काम अगाडी बढाउने र यस बिषयमा भोलीका दिनमा कुनै कानुनी, भौतिक र नैतिक संकट आई परेमा सबैदलका प्रतिनीधिहरुले आबश्यक साथ सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको छ । केही महिना अघिदेखी नगरका सचेत नागरिकहरुले भत्केको पुलसम्म पहुँच मार्ग निमार्णका लागि स्थानीय सरकार र सरोकारवालाहरु समक्ष आबाज उठाईरहेका छन् ।
गत हप्ता फागुन १२ गते शनिवार त्रियुगा नदीस्थित भत्केको पुलमा बसेको सचेत नागरिकहरुको समुहले स्थानीय सरकार नगरपालिकालाई सिवाईतर्फबाट पहुँचमार्ग निमार्णका लागि अनुरोध गर्ने निर्णय गर्दै नगर प्रमुख लामा समक्ष आग्रह गरेका थिए । सोही बमोजिम नगर प्रमुख लामाले आज नगरमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरुलाई बोलाएर छलफल गरेका हुन् । आजको बैठकमा पुर्व नगर प्रमुख खगेन्द्र राई , नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत, वडा अध्यक्षहरु तुलसीराम ढकाल, लुङ्गराज राई, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, नेकपा एमालेका कार्यबहाक नगर अध्यक्ष कृष्ण खत्री, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश वायुङ्ग राई, रास्वपाका नगर सभापति रमेश बिष्ट, राप्रपाका नगर अध्यक्ष रामकुमार खत्री लगायतको उपस्थिती रहेको थियो । यसअघि नगर प्रमुख कालुमान लामाले नगरपालिकाले बिभिन्न मन्त्रालयमा पेश गरेको योजनाहरुको बारेमा ब्रिफिङ्ग गरेका थिए ।
यस्तै आजको बैठकले फागुन २२ गतेदेखी वडा नम्बर ६ बेल्टार बजारस्थित बसपार्क छेउमा आयोजना हुन गैरहेको मेला अनुमति पाए अनुसार १५ दिनसम्म चल्न दिने र परिक्षालाई मध्यनजर गरेर त्यसपछि म्याद नथप्ने सर्वसम्मत निर्णय गरेको छ । बैठकको बिचमा नगर प्रमुख कालुमान लामाले निजी तथा आबासिय बिद्यालय अग्रनाईजेशन नेपाल , प्याबसनको चौदण्डीगढी नगर कमिटीले बिद्यार्थीहरुको बार्षिक परिक्षा तथा एसईई वोर्ड परिक्षाको समयमा आयोजना हुने मेलाले बिद्यार्थीको पठनपाठनलाई असर पर्नजाने भएको हुनाले मेला हालको समयमा स्थगन गरी एसईई परीक्षा पश्चात मात्र संचालन गर्न अनुरोध गरेको पत्र प्रस्तुत गर्दै यस बिषयमा उपस्थित भएका दलका प्रतिनीधि तथा जनप्रतिनीधिहरुसंग राय मागेका थिए । छलफलमा अधिकांशले वडा, नगर र जिल्ला प्रशासन कार्यालले स्वकृती दिएर मेला संचालकले समानहरु ल्याइसकेको हुनाले संचालकलाई आर्थिक नोक्सानी हुने बताउदै मेला सचांलन गर्न दिनुपर्ने बिचार राखेका थिए । यस्तो बिचार राख्नेहरुमा पुर्व मेयर खगेन्द्र राई, पुर्व वडा अध्यक्ष तेजराज तिम्सिना, एमाले नगर कमिटी अध्यक्ष कृण्ण खत्री, स्थानीय युवा नेताहरु ज्ञानेन्द्र प्रधान, हिरामणि सेढाई लगायत रहेका छन् । उनीहरुले मनोरंजन पनि आबश्यक रहेको र मेला संचालकलाई आर्थिक नोक्सानी हुने भन्दै मेला लगाउनु दिनुपर्ने राय दिएका थिए । यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकाल, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल लगायतले बिद्यार्थीको भविष्यसंग जोडिएकोले परिक्षा तयारीको समयमा मेला नलगाउन भनेका थिए । एसईई परीक्षापछि मेला लगाउन सकिने उनीहरुको राय थियो । यद्यपी नगरपालिकाले मेला संचालन गर्न दिने निर्णय गरेको छ ।
एता नागरिक अगुवा तथा सगरमाथा बोडिङ्ग स्कुलका संचालक जनक कार्कीले क्वालिटी एजुकेशनको नारा लगाईरहेको नगरपालिकाले परिक्षाको मुखमा यसरी मेला लगाउन दिने निर्णय गरेकोले दुबिद्या उत्पन्न भएको जनाएका छन् । बिद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने समयमा मेला लगाउदा रिजल्ट राम्रो नआउने उनको भनाई छ । यस्तै स्थानीय ब्यापारीहरुले भने झण्डै ३ महिनादेखी बजारको फोहरमैला ब्यबस्थापन नभैरहेको अबस्थामा मेलाले बाताबरण अझ प्रदुषित गर्ने भएकाले सरोकारवालाहरुले जिम्मेवारीपुर्वक काम गर्नूपर्ने बताएका छन् ।


