स्थानीय

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले १०० घर परिवारको निशुल्क स्थास्थ्य विमा गरिदिने ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले १०० घर परिवारको निशुल्क स्थास्थ्य विमा गरिदिने ।

लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले वडामा बसोबास गरिरहेका अति विपन्न, गरीव, दलित, एकल महिला र अपाङ्गता भएका १०० घर परिवारको वडाबाट निशुल्क स्थास्थ्य विमा गरिदिने बताएको छ । वडा कार्यालयले आज एक सुचना जारी गरी वडा नम्बर ७ अन्तर्गत पर्ने १९ वटै टोल बिकास संस्थाहरुलाई टोल बिकास संस्था क्षेत्रभित्र बसोबास गर्ने अति विपन्न, गरीव, दलित, एकल महिला र अपाङ्गता भएकाहरुको विवरण सात दिनभित्र उपलब्ध गराईदिन आग्रह गरेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट वडामा नयाँ जनप्रतिनीधि आएपछिको पहिलो बैठकबाट वडाको खर्चमा १०० घर परिवारको निशुल्क स्थास्थ्य विमा गर्ने निर्णय गरेको र सोही अनुसार बिपन्न नागरिक स्वास्थ्य विमाका लागि तीन लाख पचास हजार छुट्याएर कार्यक्रम अगाडी बढाएको वडा अध्यक्ष केशव अधिकारीले जानकारी दिएका छन् । यस्तै ५ जनाको परिवारको लागि ३५ सय रुपैयाँमा एक लाख बराबरको स्वास्थ्...

उदयपुरको क्षेत्र नम्बर १ मा चुनावी माहोल बन्न सकेन ।

लाइभ खबर, स्थानीय
आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको प्रचारप्रसारको समय अन्तिम चरणमा पुगेता पनि उदयपुरको क्षेत्र नम्बर १ मा चुनावी माहोल बन्न सकेको छैन । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र पुर्व शहरी बिकास राज्य मन्त्री मञ्जु चौधरी सहित स्वतन्त्र र बिचिन्न दलका १६ जना नेताहरु चुनावी प्रतिस्पर्धामा रहेको भएता पनि मतदाताहरुमा उम्मेदवारप्रतिको आकर्षण पहिला जस्तो देखिएको छैन । वाली थन्काउने समय भएकोले पनि घरदैलो कार्यक्रममा उम्मेदवारहरुको मतदातासंग भेटघाट हुन मुश्किल भएको छ । उम्मेदवारहरु घरदैलो कार्यक्रममा हुँदा मतदाताहरु भने खेतमा भेटिने गरेका छन भने पार्टीहरुले गर्ने कोण सभा लगायतको कार्यक्रममा पनि मतदाताहरुले कम चासो देखाएको देखिएको छ । चुनावी प्रतिस्पर्धामा प्रतिनीधि सभातर्फ १६ जना उम्मेदवारहरु रहेपनि वाम लोक्तान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका डाक्टर खड्का र एमालेकी उम्मेदवार चौधर...

थारु युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक र लक्ष्मिपुर एफ.सि. भिड्ने

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
      कार्तिक ११ गते शुक्रबारबाट चौदण्डीगढी नगरपालिका वडा नं ५ बेल्हामा जारी आठौं संस्करणको थारू युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक कालिका एफ.सि. र लक्ष्मिपुर एफ.सि. भिड्ने भएका छन। आज सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बिजेता बनेको लक्ष्मिपुर एफ.सि.ले रातापानी एफ.सि.लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने सोमबारनै तय गरिएको दोश्रो सेमिफाइनल खेलमा मोतिगडा एफ.सि. उपस्थित नहुँदा आयोजक समेत रहेको कालिका एफ.सि.ले वाकओभर पाएसंगै आयोजक टोलि फाइनल खेलमा लक्ष्मिपुर एफ.सि. संग आमनुसामुन्ने हुने पक्का भएको हो। बेल्हामा जारी आठौं संस्करणको थारु युवा खुल्ला फुटबल प्रतियोगिताको सोमबार भएको पहिलो सेमि फाइनल खेलमा लक्ष्मिपुर एफ.सि. र रातापानी एफ.सि.ले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। खेलको दोस्रो हाफको अन्तिम ७९औ* मिनेटमा लक्ष्मिपुर एफ.सि.का जर्स...

आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न

खेलकुद, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, स्थानीय
आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न भएको छ । पहिलो हाफ गोल रहित बराबरी खेलेको दुबै टिमले दोस्रो हाफ को अन्तिम ७९ मिनेटमा लक्ष्मिपुरको जर्सि नम्बर ४ का लक्ष्मी चौधरी ले एक गोल गर्दै आफ्नो टिमलाई १-० गोल अन्तर ले बिजय गराए को हो । त्यस्तै दोस्रो सेमिफाइनल खेल मोतिगडा एफ सि र आयोजक कालिका थारु युवा समुह बिच हुने भनिए पनि मोतिगडा एफ सि निर्धारित समयमा उपस्थित नहुने जानकारी सङ्गै आयोजकटिम लाई बिजेता घोसित गरिएको थियो । ११ गते कार्तिक देखि शुरु भएको आठौं संस्करण को थारु खुल्ला फुटबल प्रतियोगिता मा १६ गते लक्ष्मिपुर एफ सि र आयोजक बिच अन्तिम फाईनल खेल हुने जनाईएको छ ।...

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC, दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच सम्पन्न

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC भएको पहिलो खेलमा मोतिगडा एफ सि २ गोलले बिजय भयेको छ | खेलको पहिलो हाफ गोलरहित भयेको थियो भने दोस्रो हाफको ४२औ मिनेटमा मोतिगडा एफ सि को जर्सि नम्बर १७ को कृष्ण चौधरी ले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलायेको थियो, त्यसैगरी मोतिगडा एफ सि कै जर्सि नम्बर २७ को राधे चौधरी ले ५६ औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई जित दिलाए | त्यसैगरी दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच भएको थियो  खेल सुरु भएको २ मिनेट मै लक्ष्मिपुर एफ सि को जर्सि नम्बर १९ को समोज चौधरी ले १ गोल गरेको थियो भने खेलको दोश्रो हाफ को ४५औ मिनेटमा जर्सि नम्बर ८ को देवराज चौधरी ले अर्को थप गोल गरेर टिमलाई अग्रता दिलायेको थियो त्यसैगरि लक्षमिपुर कै जर्सि नम्बर ११ को पृतम चौधरीले खेलको ५० .मिनेटमा तेस्रो गोल गरेक...

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच सम्पन्ना

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच भएको छ ! आयोजक कालिका एफ सि र पोर्ताहा एफ सि बीच को निर्धारित  समय भित्र कुनै पनि गोल हुन नसके पश्चात खेल टाई ब्रेकर मा पुगी  ४-२ गोल गर्दै आयोजक कलिका फ सी बिजय भएको छ । आजै भएको दोश्रो खेलमा जन ज्योति युवा क्ल्ब बसहा र लक्ष्मीपुर एफ सि बिच सम्पन्न भएको खेलमा लक्ष्मीपुर एफ सि ३-१ ले बिजय भएको छ। लक्ष्मिपुर को तर्फबाट जर्सि नम्बर १७ का जय किशोर चौधरी ले पहिलो हाफको ११ मिनेटमा गोल गरेको छ भने दोस्रो गोल जन ज्योति क्ल्ब बसहाको जर्सि नम्बर ८ को सुनिल चौधरी ले २० मिनेटमा आत्मघाती गोल गरेको छ । त्यस्तै दोस्रो हाफको ३५ मिनेटमा लक्ष्मिपुर एफ सि को तर्फबाट जर्सि नम्बर ४ को लक्ष्मि चौधरी ले गोल गरेर ...

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता उद्धघाटन खेलमा रातापानी एफ.सि. विजयी

खेलकुद, बिबिध, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नं ५ बेल्हा स्थित आधारभुत बिधालय शिवाइ बेल्हाको खेलमैदानमा शुक्रबार बाट आठौं थारू युवा खुल्ला फुटबल प्रतियोगिताको सुरुवात भएको छ। उक्त प्रतियोगिताको उद्धघाटन नगर प्रमुख कालुमान लामाले  गर्नु भएको हो। थारू युवा खुल्ला फुटबलको पहिलो संसकरणको प्रतियोगिता थारु कल्याणकारिनी सभा उदयपुरले आयोजना गरेको थियो। तेसपस्चात भने कालिका थारु युवा समुह बेल्हाले निरन्तर रुपमा यस प्रतियोगिताको आयोजना गर्दै आएको थियो। यद्धपी २०७१ सालमा भएको सातौं संस्करणको थारू युवा खुल्ला फुटबल प्रतियोगिता पस्चात भने केही सम्स्याले प्रतियोगिताको आयोजना गर्न नसक्दा प्रतियोगिता रोकिएको थियो। कालिका थारु युवा समुह बेल्हाले पुन: यस बर्ष देखी निरन्तररुपमा प्रतियोगिताको आयोजना गर्ने उद्धेश्य सहित यस बर्षको शुभ दिपावली एवम् छठ पर्वको अवसरमा आठौ संसकरणको थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को आयोजना ...
उदयपुरमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाईने ।

उदयपुरमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाईने ।

बिबिध, मनोरन्जन, मुख्य खबर, स्थानीय
उदयपुरमा यसपालिको देउसीभैलो राति ९ बजेसम्म मात्र खेल पाईने भएको छ । दिपावलि तथा छठ पर्वलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले हिजो एक सूचना जारी गर्दै देउसीभैलो र विभिन्न साँस्कृतिक कार्यक्रमहरु राती ९ बजेसम्म मात्र आयोजना गर्न पाइने जानकारी गराएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारी सुचनामा उल्लेखित सूचना विपरीतका कार्यहरु गरेको पाईएमा संलग्न जो सुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने जनाईएको छ । साथै दिपावली तथा छठ लगायतका चाडपर्व सभ्य, शान्तिपुर्ण बाताबरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन अपिल गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले चाडपर्वको समयमा पटका, आतिसबाजी जस्ता प्रज्वलशिल पर्दाथ पडकाउने, किनबेच, ओसार पसार गर्ने , जुवातास खेल्ने , उच्छृङ्गकरुपमा देउसी भैलो खेल्ने एवम् कानुनले निषेध गरिएका कार्य नगर्न नगराउन पनि आग्रह गरेको छ ।...
चौदण्डीगढी नगरपालिकाद्वारा ढुंगा,गिट्टी, बालुवाको संकलन तथा बिक्रीका लागि बोलपत्र आव्हान ।

चौदण्डीगढी नगरपालिकाद्वारा ढुंगा,गिट्टी, बालुवाको संकलन तथा बिक्रीका लागि बोलपत्र आव्हान ।

लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको आर्थिक वर्ष २०७९÷०८० को लागि ढुंगा,गिट्टी, बालुवाको संकलन तथा बिक्री शुल्क उठाउने ठेक्का बन्दोबस्ती सम्बन्धी ३० दिने बढाबढ बोलपत्र आव्हानको सूचना जारी गरेको छ । नगरपालिकाको बातावरण तथा प्राकृतिक स्रोत सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन २०७७ बमोजिम नगरकार्यपालिकाको कार्यालयले प्रारम्भिक बाताबरणीय प्रवाह प्रतिबेदन  स्वीकृत भएका स्थानहरुबाट डुंगा, गिट्टी, वालुवाको स्ांकलन तथा बिक्रि शुल्क उठाउने उदेश्यले ईच्छुक फर्म वा कम्पनीहरुबाट बढाबढमा बोलपत्र आबहान गरेको हो । नगरपालिकाको वडा नम्बर ५ र ९ स्थित त्रियुगा खोला तथा वडा नम्बर १० स्थित त्रियुगा देवधार दोभान खोलाबाट ७९ हजार २ सय ६१ घनमिटर वालुवा उत्खन्न, बिक्री बिरतण गर्न १ करोड ३२ लाख, ९३ हजार, ६ सय ५२ रुपैयाँको बोलपत्र आबहान गरेको छ भने वडा नम्बर ५,६,७ ,८ र ९ स्थित द्वारखोला, वडा नम्बर १ र २ स्थित चप्लेटी खो...
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.९ स्थित जनता मा.वि. हडियाको प्राङ्गणमा ९ लाख बराबरको सरस्वति मन्दिर निर्माण हुने

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.९ स्थित जनता मा.वि. हडियाको प्राङ्गणमा ९ लाख बराबरको सरस्वति मन्दिर निर्माण हुने

बिबिध, मुख्य खबर, लाइभ खबर, स्थानीय
    उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.९ स्थित जनता मा.वि. हडियाको प्राङ्गणमा ९ लाख बराबरको सरस्वति मन्दिर निर्माण हुने भएको छ । स्थानिय हाल दमक निवासि समाजसेवि डां.शंकर हुजदारले ब्यतिगत लगानिमा उक्त मन्दिर निमार्ण कार्यका लागि आर्थिक सहयोग गरेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र लाल गिरिले बताए । डां.शंकर हुजदारको बुवाले निमार्ण गरिदिएको बिधालयको मन्दिर जिर्ण अबस्थामा रहको हुदाँ पुन:सरस्वति मन्दिर निर्माण गर्न आर्थिक नगद रु ९ लाख बिधालयलाई हस्तानतरण गर्नु भएको अध्यक्ष गिरिले बताए । बिधालयमा भएको ठुनिलाल भिखनिदेवि पुस्तकालय पनि जिर्ण अबस्थामा रहेकोले उतm पुस्तकालय पुन: निमार्ण गर्न सम्बन्धित पुस्तकालय दाता संग छलफल भैईरहेको साथै सुबिधा युक्त शौचालय र चमेना गृहको निमार्ण कार्य पनि चाडै हुने बिधालयका प्रधानाध्यापक राम बहादुर राउतले बताए । बिधालयले आज आय...