उदयपुरमा यसपालिको देउसीभैलो राति ९ बजेसम्म मात्र खेल पाईने भएको छ । दिपावलि तथा छठ पर्वलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले हिजो एक सूचना जारी गर्दै देउसीभैलो र विभिन्न साँस्कृतिक कार्यक्रमहरु राती ९ बजेसम्म मात्र आयोजना गर्न पाइने जानकारी गराएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारी सुचनामा उल्लेखित सूचना विपरीतका कार्यहरु गरेको पाईएमा संलग्न जो सुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने जनाईएको छ । साथै दिपावली तथा छठ लगायतका चाडपर्व सभ्य, शान्तिपुर्ण बाताबरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन अपिल गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले चाडपर्वको समयमा पटका, आतिसबाजी जस्ता प्रज्वलशिल पर्दाथ पडकाउने, किनबेच, ओसार पसार गर्ने , जुवातास खेल्ने , उच्छृङ्गकरुपमा देउसी भैलो खेल्ने एवम् कानुनले निषेध गरिएका कार्य नगर्न नगराउन पनि आग्रह गरेको छ ।
