आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता उद्धघाटन खेलमा रातापानी एफ.सि. विजयी


चौदण्डीगढी नगरपालिकाको वडा नं ५ बेल्हा स्थित आधारभुत बिधालय शिवाइ बेल्हाको खेलमैदानमा शुक्रबार बाट आठौं थारू युवा खुल्ला फुटबल प्रतियोगिताको सुरुवात भएको छ। उक्त प्रतियोगिताको उद्धघाटन नगर प्रमुख कालुमान लामाले  गर्नु भएको हो।
थारू युवा खुल्ला फुटबलको पहिलो संसकरणको प्रतियोगिता थारु कल्याणकारिनी सभा उदयपुरले आयोजना गरेको थियो। तेसपस्चात भने कालिका थारु युवा समुह बेल्हाले निरन्तर रुपमा यस प्रतियोगिताको आयोजना गर्दै आएको थियो। यद्धपी २०७१ सालमा भएको सातौं संस्करणको थारू युवा खुल्ला फुटबल प्रतियोगिता पस्चात भने केही सम्स्याले प्रतियोगिताको आयोजना गर्न नसक्दा प्रतियोगिता रोकिएको थियो।
कालिका थारु युवा समुह बेल्हाले पुन: यस बर्ष देखी निरन्तररुपमा प्रतियोगिताको आयोजना गर्ने उद्धेश्य सहित यस बर्षको शुभ दिपावली एवम् छठ पर्वको अवसरमा आठौ संसकरणको थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को आयोजना गरेको हो।

 

 

प्रतियोगिता अन्तरगत आज भएको उद्धघाटन बहेडवा एफ.सि. लाई ० का बिरुद्ध १ गोल गर्दै रातापानी एफ.सि. विजयी भएको छ। आज भएको खेलमा रातापानी एफ.सि. को जर्सि नम्बर २३ का सुभाष चौधरीले खेलको दोस्रो हाफको अन्तिम समयमा बहेडवा एफ.सि. लाई एक गोल गर्दै आफ्नो टिमलाई बिजयी गराएका थिए।

आज उद्धघाटन भएको आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेल भने कार्तिक १६ गते हुने कालिका थारु युवा समुह बेल्हाका अध्यक्ष प्रदीप चौधरीले जानकारी दिनु भएको छ। प्रतियोगिता अन्तरगत प्रथम हुने टिमलाई नगद रुपैया २० हजार सहित ट्रफी मेडल प्रमाणपत्रले सम्मन गरिने छ भने दोश्रो हुने टिमलाई नगद १० हजार सहित ट्रफी मेडल प्रमाणपत्रले सम्मन गरिने स्थानिय भाष्कर चौधरीले बताउनु भयो।

प्रतियोगिता अन्तरगत भोलीको खेल पोर्ताहा एफ.सी. र आयोजक बिच हुने कालिका थारु युवा समुहका सचिव सुदिप चौधरीले जानकारी दिनु भएको छ।