उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको आर्थिक वर्ष २०७९÷०८० को लागि ढुंगा,गिट्टी, बालुवाको संकलन तथा बिक्री शुल्क उठाउने ठेक्का बन्दोबस्ती सम्बन्धी ३० दिने बढाबढ बोलपत्र आव्हानको सूचना जारी गरेको छ । नगरपालिकाको बातावरण तथा प्राकृतिक स्रोत सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन २०७७ बमोजिम नगरकार्यपालिकाको कार्यालयले प्रारम्भिक बाताबरणीय प्रवाह प्रतिबेदन स्वीकृत भएका स्थानहरुबाट डुंगा, गिट्टी, वालुवाको स्ांकलन तथा बिक्रि शुल्क उठाउने उदेश्यले ईच्छुक फर्म वा कम्पनीहरुबाट बढाबढमा बोलपत्र आबहान गरेको हो । नगरपालिकाको वडा नम्बर ५ र ९ स्थित त्रियुगा खोला तथा वडा नम्बर १० स्थित त्रियुगा देवधार दोभान खोलाबाट ७९ हजार २ सय ६१ घनमिटर वालुवा उत्खन्न, बिक्री बिरतण गर्न १ करोड ३२ लाख, ९३ हजार, ६ सय ५२ रुपैयाँको बोलपत्र आबहान गरेको छ भने वडा नम्बर ५,६,७ ,८ र ९ स्थित द्वारखोला, वडा नम्बर १ र २ स्थित चप्लेटी खोला, माडिबास खोला, काली खोला र देवधार खोलाबाट ग्राभेल ढुंगाको उत्खन्न गरी बिक्रि बितरणका लागि समेत बिभिन्न प्याकेजमा बोलपत्र आबहन गरेको छ । नगरका बिभिन्न खोलाहरुबाट १ लाख ४१ ह्जार २ सय ५५ घनमिटर ग्राभेल ढुंगा, गिट्टी उत्खन्न तथा बिक्रि बितरणका लागि २ करोड ९९ लाख २६ हजार २ सय ८३ रुपैयाँको बोलपत्र आबहान गरेको हो । नगरपालिका राजस्व शाखाका प्रमुख प्रकाश वनले बोलपत्र सम्बन्धी सुचना कार्तिक ३ गतेको मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको र यस सम्बन्धी थप जानकारी चाहिएमा नगरपालिकाको वेभसाईट, फेसबुक पेज र नगरपालिकाको सोधपुक्ष शाखामा सम्पर्क गरेर बुझन सकिने बताएका छन् । साथै बोलपत्र पेश गरिसक्नुपर्नेे समय ३० दिन रहेको र कबोल रकमको मूल्य अभिबृद्धी कर बाहेक ५ प्रतिशत रकम धरौटी जम्मा गर्नुपर्ने पनि वनले जानकारी दिएका छन् ।
