
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.९ स्थित जनता मा.वि. हडियाको प्राङ्गणमा ९ लाख बराबरको सरस्वति मन्दिर निर्माण हुने भएको छ ।
स्थानिय हाल दमक निवासि समाजसेवि डां.शंकर हुजदारले ब्यतिगत लगानिमा उक्त मन्दिर निमार्ण कार्यका लागि आर्थिक सहयोग गरेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र लाल गिरिले बताए ।
डां.शंकर हुजदारको बुवाले निमार्ण गरिदिएको बिधालयको मन्दिर जिर्ण अबस्थामा रहको हुदाँ पुन:सरस्वति मन्दिर निर्माण गर्न आर्थिक नगद रु ९ लाख बिधालयलाई हस्तानतरण गर्नु भएको अध्यक्ष गिरिले बताए ।

बिधालयमा भएको ठुनिलाल भिखनिदेवि पुस्तकालय पनि जिर्ण अबस्थामा रहेकोले उतm पुस्तकालय पुन: निमार्ण गर्न सम्बन्धित पुस्तकालय दाता संग छलफल भैईरहेको साथै सुबिधा युक्त शौचालय र चमेना गृहको निमार्ण कार्य पनि चाडै हुने बिधालयका प्रधानाध्यापक राम बहादुर राउतले बताए ।
बिधालयले आज आयोजना गरेको मन्दिर सिलान्यास कार्यक्रममा प्रमुख अतिथि को रुपमा डां. शंकर हुजदार, बिशेश अतिथि चौदण्डीगढी नगर उप प्रमुख मणिका देवि दुलाल,स्थानिय बुद्विजिवि, समाजसेवि लगायतको उपस्थिति रहेको थियो ।

