चौदन्डीगढी नगरपालिकाद्वारा गिट्टी बालुवाको ठेक्का प्रयोजनका लागि खोलाहरुको स्थलगत निरीक्षण ।

चौदन्डीगढी नगरपालिकाले नगरभित्रका खोलानालाहरु ठेक्का लगाउने प्रयोजनका लागि खोलाहरुको स्थलगत अवलोकन गरेको छ । उप प्रमुख मनिकादेबी दुलालको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत चित्र प्रसाद गुरागाई , वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का , वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी , त्यस्तै वडा नम्बर ५,६,७ र ८ का वडा सदस्यहरु लगायत बिभिन्न्न राजनितिक दलको प्रतिनिधीहरु सम्मिलित टोलीले खोलाहरुको स्थलगत अबलोकन गरेका छन् ।
नगरपालिका क्षेत्रभित्रका खोलाहरुको प्रारम्भिक बाताबरण मुल्यांकन आई ई ई गर्ने कार्य सकिएको र नगरपालिकाको बोर्ड बैठकबाट आई ई ई प्रतिबेदन स्वीकृत गर्नु अघि नगरमा कृयासिल दलका प्रतिनिधिहरु समेतको उपस्थितमा खोलाहरुको धार, गिट्टी , बालुवा उत्खनन गर्न सकिने स्थलहरु लगायतको बस्तुगत स्थलगत अवलोकन गरेको नगरपालिकाका राजस्व शाखाका प्रमुख प्रकाश वनले जानकारी दिएका छन् । नगरपालिकाको खोलाहरुको प्रारम्भिक बाताबरण मुल्यांकन उदयपुर सदरमुकाम गाईगाटस्थित प्रोडेक्स ईन्जिनियरिङ ईन्कले गरेको वनले जानकारी दिएका छन् ।
आजको अनुगमन टोलीले दिएको प्रतिबेदनका आधारमा नगरपालिकाको आगामी बस्ने बोर्ड बैठकले आई ई ई प्रतिबेदन स्वकृत गरेर गिट्टी बालुवाको ठेक्का खोलाउने उनले बताएका छन ।