नगरपालिकाले सिको गर्नुपर्ने वडाको काम ।
उदयपुरमा वडा कार्यालयले गरेको कार्यलाई नगरपालिकाले सिको गर्नुपर्ने देखिएको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले शिक्षाको क्षेत्रमा गरेको एउटा रचनात्मक कार्यलाई नगरपालिकाले नै अगाडी बढाउनुपर्ने देखिएको हो । वडा कार्यालयको वडा शिक्षा समितिले सानो रकमबाट विगत ३ बर्षदेखी सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगर स्त्तरीय "" हिसावको हिरो "" र ""शब्द सम्राट"" प्रतियोगिता तथा वडा स्त्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । जस्ले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर उनीहरुको शैक्षिक सुधारमा सकरात्मक भुमिका खेलेको वडा अध्यक्ष भगनाथ मगरले दावी गरेका छन् । मगरका अनुसार प्रतियोगितामा सहभागी बिद्यार्थीहरुले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
जनता माध्यमिक बिद्यालय लुङ्गिन्टारका प्रधानाध्यापक तथा प्रतियोगिताका परिकल्पनाकार मध्...









